आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

घैंटाेफाेड कार्यक्रमकाे तयारी पुरा/पालिका अध्यक्ष कुवँरले उद्धघाटन गर्ने

  • बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवँरले उद्धघाटन गर्ने
  • कैलाली – बर्दगाेरिया गाउँपालिकामा रहेको सडकपुर बाैनियाँ युवा क्लबको आयाेजनामा हुने घैंटाेफाेड कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएको क्लबले जानकारी दिएको छ ।बाैनियाँ बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैटाेफाेड कार्यक्रम सञ्चालन हुदै आइरहेको छ । बिगत दुई बर्ष काेरोनाका कारण सञ्चालन हुने नसकेको याे कार्यक्रमले यस बर्षबाट फेरि निरन्तरता पाउने भएको हाे। पहिला यस कार्यक्रमकाे आयाेजना र व्यवस्थापन बाैनियाँ बजार व्यवस्थापन समितिले गर्दै आइरहेता पनि विगत ६ बर्ष देखि यसको आयाेजना सडकपुर बाैनियाँ युवा क्लबले गर्दै आएको छ ।शनिवार बिहान ११ बजे बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले कार्यक्रमकाे औपचारिक उद्धघाटन गर्ने जानकारी क्लबका अध्यक्ष जीवन बि सीले हामीलाई जानकारी दिनु भएको छ । कैलाली जिल्ला भित्रका करिब १५ हजार आम जनसमुदायको शनिवार हुने घैटाेफाेड कार्यक्रमकाे अवलोकन गर्ने अपेक्षा क्लबको रहेको महासचिव कृष्ण प्रसाद ओझाले बताए ।भाेलि शनिवार आकासे घैटाेफाेड संगै भुइ घैंटाेफाेड ,पाइप चडाइ ,महिलाहरुका लागि म्युजिकल चेयर लगायतका मनाेरञ्जनात्मक कार्यक्रमहरु आयाेजना हुने क्लबका बरिष्ट उपाध्यक्ष एवम् आकासे घैटाेफाेड कार्यक्रम संयाेजक धिरज शाहीले जानकारी दिनु भयाे।विभिन्न मनाेरञ्जनात्मक कार्यक्रममा बिजेता समुहले व्यक्तिहरुले नगद पुरस्कार समेत प्राप्त गर्ने क्लबका उपाध्यक्ष कृष्ण साउँदले जानकारी दिएका छन् । जसमा आकासे घैंटाेफाेडकाे विजेता समुहले नगद ४१ हजार पुरस्कार स्वरुप प्राप्त गर्दा भुइ घैटाेफाेड र पाइप चडाइतर्फका विजेताले जनहि नगद पाँच हजार एक सय पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । यस्तै महिलाहरुका लागि मात्र सञ्चालन हुने म्युजिकल चेयर तर्फकाे बिजेताले नगद तीन हजार एक सय पुरस्कार स्वरुप पाउने साउँदले बताए ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation