Baigyanik Media

Advertisment

SKIP THIS

भोलि ७ गते फेरी नेपाल बन्द/कसले किन गर्दैछ बन्द ? हेर्नुहोस् विज्ञप्तिसहित

  • कसले किन गर्दैछ बन्द ? हेर्नुहोस् विज्ञप्तिसहित
  • कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भदाै ७ गते मंगलबार नेपाल बन्द आब्हान गरेका छन ।

     

    नेकपा विप्लव र सरकारसंग भएका तीन बुँदे सहमती सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन बिरुद्धमा नेपाल बन्द आब्हान गरेको हो ।

     

    नेकपा विप्लवले कञ्चनपुरमा समेत नेपाल बन्दको आब्हान गरेको छ । नेकपा कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सहमति विपरित अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुल मुलुकलाई द्वन्द्वमा घकेलिरहेको जनाएको छ ।

     

     

    आर्थिक मन्दी, आकासीदो महङगी, भ्रष्टाचार, कालोबजारी, राष्ट्रिय उद्योगी व्यवसायी धरासायी बन्दै सडकमा आउनुपर्ने अवस्थाले झन मुलुक जटिल अवस्थातर्फ उन्मुख भईरहेको चिन्ता व्यक्त गरिएको छ ।

     

    नेकपा कञ्चनपुरका सचिव प्रकास मल्लद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आम हड्तालमा ऐक्यबद्धता जोहर गरिदिन अपिल गरिएको छ ।

     

    तर, नागरिक स्तरबाट भने बन्दको विकल्प खोज्दै अन्य विधीबाट संघर्षका कार्यक्रम अघि बढाउन समेत दलहरुमा माग अघि सारिदै आएको छ । नागरिकको अपिल जायज भएको तर, बाध्यताबस नेपाल हड्ताल आब्हान गरिएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation