शनिबार, असार ३०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

थरुहट आन्दोलनका कैदिहरुलाई कारागार पुगेर भेट्याे नागरिक उन्मुक्ति पार्टिले

  • कारागार पुगेर भेट्याे नागरिक उन्मुक्ति पार्टिले
  • बौनियाँ,कैलाली – थारुको पहिचान,स्वाभिमान र अधिकारकाे माग गर्दै २०७२ भदौ ०७ गते भएको थरुहट आन्दोलनमा दाेषि ठहर गरि मुद्दा खेपिरहेका कैदी हरुलाई आज नागरिक उन्मुक्ति पार्टीका नेताहरूले भेटेका छन् ।भदौ ७ काे पुर्वसन्ध्याकाे अवसर पारेर आज कैलाली जिल्ला स्थित धनगढीकाे कारागारमा रहेका कैदिबन्दिहरुलाई पार्टी पंक्तिले भेटेको हाे । साे अवसरमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरी,केन्द्रीय काेषाध्यक्ष काेमल ज्ञवाली ,केन्द्रीय सदस्य द्धय भक्त बहादुर चलाउने,नेत्र जाेसी र केन्द्रीय सदस्य रामेश्वर चौधरी संगै कैलाली क्षेत्र नम्बर २ का संयाेजक मिलन चन्दकाे सहभगिता रहेको जानकारी साेहि अवसरमा संगै उपस्थित रहनु भएका पार्टीका शुदुरपश्चिम प्रदेश संगठन बिभाग प्रमुख एवम् केन्द्रीय सदस्य अरुण चाैधरीले जानकारी दिनु भएको छ ।भाेलि भदौ ७ गते बिद्रोह दिवसको अवसर पारेर नागरिक उन्मुक्ति पार्टिले टिकापुरमा कार्यक्रम गर्ने भएकाले साेहि कुराकाे स्मरण गर्दै कारागारमा गएर भेटेकाे पार्टिले जानकारी दिएकाे छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation