बिहिबार, बैशाख १३, २०८१

नावालिका बलात्कार गर्ने व्यक्ति लम्की चुहा ८ बाट पक्राउ

कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर ८ बचेला बस्ने एक जना व्यक्ति नावालिकालाई जवरजस्ती करणि गरेको आरोपमा पकाऊ परेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भयो ।

बचेला बस्ने वर्ष ६२ को गणेश सिंह ठकुरीले वर्ष ९ र वर्ष ७ की नावालिकालाई जवरजस्ती करणी गरेको जाहेरी पश्चात उनलाई पक्राऊ गरिएको खडकाले जानकारी दिनु भयो ।

घटना गत साउन ३१ गते दिउसो करिब २ बजेको हो । अदालत बाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक खडकाले बताउनु भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation