आइतवार, बैशाख २, २०८१

Breaking news अत्तरिया र हरैयामा बम जस्तै शंकास्पद वस्तु फेला

  • कैलालीको अत्तरिया र हरैयामा बम जस्तै शंकास्पद वस्तु फेला
  • कैलालीको अत्तरियास्थित मोहनापुल र पूर्वपश्चिम राजमार्गमा पर्ने हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी वेदप्रकाश जोशीका अनुसार अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ । आज, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको छ । ती शंकास्पद वस्तु सोही पार्टीले राखेको हुनसक्ने जोशीले बताए । उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली स्थलगत पुगिसकेको छ । बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन । राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation