बिहिबार, बैशाख १३, २०८१

बर्दगाेरियामा तिज नृत्य प्रतियोगिता हुने

  • तिज नृत्य प्रतियोगिता हुने
  • हिन्दु नेपाली नारिहरुकाे माहान चाड हरितालिका तिजकाे अवसरमा तिज नृत्य प्रतियोगिता आयाेजना हुने भएको छ । कैलाली जिल्लाकाे बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बर्दगाेरिया एकता युवा क्लबको आयाेजनामा साे प्रतियोगिता हुन लागेको हाे । भदौ १४ गते तिज पर्वकाे अवसर पारेर क्लबले प्रतियाेगतात्मक नृत्य प्रतियोगिता आयाेजना गर्न लागेकाे हाे ।

    कल्बले तिजकाे दिन बर्दगाेरिया गाउँपालिका १ कट्टिपुर चाेकमा ५००० पुरस्कार राशिको प्रतियोगिता गर्न लागेकाे कमल बिष्टले जानकारी दिएका छन् । २५० रुपैयाँ दर्ता सुल्क राखिएको प्रतियोगितामा तिज गितमा मात्र नृत्य प्रस्तुत गर्न पाइने क्लबले जानकारी दिएको छ ।
    पछिल्लो समय तिजका नाममा बढ्दै गएको बिकृति लाई अन्त्य गर्नका लागि क्लबले याे प्रयास गरेको हाे । तिज पर्वलाइ बिबाहित महिलाले पतिको दिर्घायु कामना गर्दै मनाउदा अबिबाहित नारिले चाहिँ भगवान शिव जस्तो सुयाेग्य बरकाे कामना गर्दै तिजकाे दिन निराहार व्रत बस्ने गर्दछन् ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation