माेहन्यालका कार्यबाहक अध्यक्ष कमल साउँदले सार्वजनिक गरे १०० दिनको कार्य प्रगती विवरण 

माेहन्यालका कार्यबाहक अध्यक्ष कमल साउँदले सार्वजनिक गरे १०० दिनको कार्य प्रगती विवरण 

बौनियाँ,कैलाली – कैलाली जिल्लाको माेहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमल साउँदले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ । हामी संगकाे कुराकानीमा उहाले बुँदामा विवरण सार्वजनिक गर्नुभएको हो ।

गएको बैशाख ३० गते भएको निर्वाचनमा साउँद नेपाली कांग्रेस पार्टिबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुपर्छ भएको थियो । साे पालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित देविदत्त उपाध्याय (हिमशिखर) काे मुद्दाकाे सुनुवाइ हुन बाँकी रहेकाले साउँदले कार्यबाहक अध्यक्षकाे भुमिका निर्वाह गर्दै आएका छन् ।

साउँदले हालसम्म सम्पन्न गरेका र भबिष्यमा गर्ने कार्यहरू काे विवरण यसरी उल्लेख गरेका छन् । पालिकाे स्थायि कार्यलय स्थापना गर्नका लागि ठाउकाे टुंगो लगाउन आफ्नै संयाेजकत्वमा टाेलि गठन गरेको , गाउँपालिकाे कार्यक्रममा सडकलाई पहिलो प्राथमिकतामा राख्दै रिवर साइड राेडकाे बिस्तारका लागि १ करोड बजेट आर्थिक बर्ष २०७९/८० काे बजेटमा बिनियाेजन गरेकाे र साथै सिमली खिमाडी सडक र बालुवा खोला देखि कटाउजे सडकको लागि २०-२० लाख बजेट छुट्याइएको छ ।

गाउँपालिका भित्र रहेका बिद्यालयहरुलाई प्रबिधि मैत्री बनाउन इन्टरनेट सेवा प्रवाहका लागि उपकरण बितरण गर्ने कार्य सम्पन्न गरेको ,खानेपानीको समस्या समाधानका निम्ति कर्णाली जल परियाेजनाकाे सुरुवात गरेको,सञ्चार मन्त्रालय संग समन्वय गर्दै माेबाइल नेटवर्ककाे स्थापनाका लागि पहल भएको र अबकाे केहि दिनमा कार्य सुरु हुने , बिधुत बिस्तारकाे कार्य अगाडि बढाउन नेपाल बिधुत प्राधिकरणकाे केन्द्रिय कार्यलयमा पहल गर्दै तत्काल बिधुत लाइन बिस्तार गर्न नसकिने ठाउँमा बैकल्पिक उर्जाका निम्ति पहल गरेकाे ,वडा नम्बर ६ साेल्टामा रहेको १० सैयाकाे अस्पतालमा बिशेषज्ञ डक्टरका लागि माग गर्दै मेसिन र स्वास्थ्य सामाग्रिका लागि पहल भएको ,भुमिहिन सुकुम्बासीहरुलाइ निस्सा वितरणका लागि तत्काल काम सुरुवात गर्ने तयारी हुदै , लामो समय देखि रोकिएको अपाङ्गता परिचय-पत्र १,६,७ र ३ मा स्वयं  आफैले वितरण गरेको थिए अन्य ४,२, र ५ मा चाँडै सुरु गर्ने साउँदको भनाई रहेको थियो।

यस्तै साउँदले निर्वाचित भएर आयपश्चात निम्न ठाउहरुकाे अनुगमन गरेको समेत जानकारी दिनु भएको छ । चिसापानी साेल्टा राेड ,गाेरङ्गे खाेला उत्खन् राेकथाम तथा अनुगमन ,साेल्टा ताम्चा राक्सा हुदै खिमडी सडककाे प्राबिधिक टाेलि सहित अनुगमन ,चाेसेकाँडा पर्यटन क्षेत्रकाे अनुगमन , गाउँपालिकाकाे वडा नम्बर ६ साेल्टामा १० सैयाकाे अस्पतालकाे सिलन्यास ,वडा नम्बर ७ मा रहेको त्रिवेणी मावि बडिगाउकाे बिद्यालयकाे ४ काेठे भवनको सिलन्यास ,वडा नम्बर ४ मा रहेको पट्रेनि ठुलिगाड कटान बाट उच्च जाेखिममा रहेको क्षेत्रकाे अनुगमन कार्य सम्पन्न भएको कुरा समेत उहाले उल्लेख गर्नु भएको छ ।

यस्तै साउँदले पालिकाका विभिन्न मागहरु राख्दै शुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रण बहादुर रावल , भाैतिक पुर्वाधार मन्त्री दिर्घ बहादुर साेडारि , सामाजिक बिकास राज्य मन्त्री टेक बहादुर रैका , प्रधानमन्त्री शेर बहादुर देउवा ,भुमि आयाेगका अध्यक्ष यज्ञराज उपाध्याय ,शुदुरपश्चिम बिधुत प्राधिकरण प्रमुख जग बहादुर चन्द ,नेपाल बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ ,सञ्चार तथा सुचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्कि ,स्वास्थ्य सेवा बिभागका महानिर्देशक दिपेन्द्र रमण सिह ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवा संग भेटवार्ता गरेको कुरा समेत अहिलेसम्म गरेको काममा उल्लेख गर्नु भएको छ । यस्तै साउँदले गृह मन्त्रालयमा गाउँपालिकाकाे वडा नम्बर ७ मा अस्थाइ प्रहरी चाैकिकाे माग ,खेलकुद मन्त्रालयमा पालिकामा रंगशाला निर्माण बिषयमा छलफल, बैकल्पिक उर्जा बाट २ मिनि ग्रिट साेलार माग गरेको कुरा समेत प्रस्तुत गर्नु भएको छ ।

साउँदले यहीँ बिचमा सुत्केरी महिला तथा जेष्ठ नागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने ,अभिभावक बिहिन बालबालिकालाई अध्यन तथा पाेशाककाे निशुल्क व्यवस्था गर्ने ,पशु बिमा गर्न किसान कार्ड वितरण गर्ने ,एकीकृत बस्तिकाे अवधारणा स्वरुप माेहन्याल सडक स्तराेन्नति गर्ने , सेनिटरि प्याड तालिम सञ्चालन गरि मेसिन वितरण गर्दै उत्पादित सेनिटरि प्याड पालिकाले खरिद गरेर आत्मनिर्भर बनाउने कुरा समेत उल्लेख गर्नु भएको छ । त्यसैगरि साउँदले पालिकामा उत्पादन हुने जडिबुटी तथा मसलाजन्य बस्तु प्रयाेग गर्दै बजारिकरण गर्ने कुरामा पहल गर्ने कुरा समेत उल्लेख गर्नु भएको छ ।

मोहन्यालमा भौगोलिक विकटताको कारणले छिटो छरितो विकास गर्न गारो भएकोले एकीकृत वस्ती विस्तारको अवधारणा ल्याउने बताउनु भयो।

हामी संग अगाडि कुरा गर्दै साउँदले पाँच बर्षे कार्यकालमा पालिकालाई नमुना पालिका बनाउन दिन रात नभनी निरन्तर कार्य गर्ने कुरा समेत बताउनु भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९