बुधबार, बैशाख १७, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन हुदै

  • राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन हुदै
  • बौनियाँ,कैलाली “न्याय प्रेमि युवाहरु राष्ट्रिय युवा संघमा सामाजिक परिवर्तन युवाको काधमा ” भन्ने मुल मर्म बाेकेकाे राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन भाेलि साेमबार हुने भएको छ । देशकै सबैभन्दा ठुलो युवाहरुकाे संगठनकाे रुपमा परिचित रहेको राष्ट्रिय युवा संघ नेपालले बर्दगाेरिया गाउँपालिकमा समेत फरक छाप छाेड्दै आइरहेको छ ।

     

    भाेलि हुने सम्मेलनकाे उद्धघाटन नेकपा एमाले शुदुरपश्चिम प्रदेश सचिवालय सदस्य एवम् बर्दगाेरिया गाउँपालिक अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख आथित्यतामा हुने राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाले जानकारी दिएको छ । भाेलि हुने सम्मेलन लाई राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाले युवा भेलाको रुपमा समेत प्रस्तुत गर्न खाेजिरहेकाे छ ।

    भाेलि हुने सम्मेलन बाट राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे नयाँ नेतृत्व चयन हुनका साथै आगामी मंसिर ४ गते हुने संघिय र प्रदेश निर्वाचनको तयारीमा युवा संघले खेल्नुपर्ने भुमिकाकाे बारेमा समेत छलफल हुने बताइएको छ । भाेलि हुने सम्मेलनले राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे आगामी रणनीति समेत तय हुने जानकारी प्राप्त भएको छ । हाल राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे अध्यक्षमा दिपक गाैतम रहेका छन् ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation