कैलाली / हिन्दू नेपाली महिलाको प्रमुख पर्व‘हरितालिका तीजको अवसर पारेर तीज विशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले अभिकर्ता पुर्नताजकीय तालिम तथा तीज विशेष कार्यक्रम २०७९ मनाएको हो ।“सन नेपाल छ जहाँ जीवन बीमा छ त्यहाँ भने मूल नाराका साथ सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आयोजित कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मी कान्त जोशीको प्रमुख आतित्थ्यता भएको कार्यक्रममा कृष्णा रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । विज्ञापन
कार्यक्रममा बौनियाँ उप-शाखा प्रमुख डम्मर बहादुर बुढा,टीकापुर उप-शाखा प्रमुख केशब तिमेल्सेना लगायतका अतिथिहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा वरिष्ट मार्केटिङ्ग म्यानेजर बिपी खनाल,मार्केटिङ्ग म्यानेजर मान बहादुर बुढालगायतले शुभकामना मन्तव्य राखेका थिए।महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै यस कम्पनीको लम्की शाखाले पनि उक्त कार्यक्रमको आयोजना गरी मनाएको हो ।नजिकिदै गरेको महिलाहरुको महान चार्डको अवसरमा सबै कर्मचारी,अभिकर्ता लगायत सबै नेपाली महिलाहरुलाई अग्रिम शुभकामना प्रदान गरेका छन् ।पछिल्लो समय महिला वर्गलाई आर्कषण गरेको तिजले संजालमा सबै बर्ग जातजाति र उमेर समुहलाई तानेको छ । तिज बनाउन हुरुक्क भएर रेष्टुरा, होटल र पार्टी प्यालेसमा जम्मा हुने दरसँगै रमाईलो गर्नमा महिलाको मोह गडेको छ ।यसै कारण पनि पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरु लगायतका अन्य संघ संस्थाहरूले पनि तिज कार्यक्रमलाई प्रथामितामा राखेर तिज मनाउँदै आइरहेका छन् ।महिलाहरुले नेपाली तीजका गीतहरुमा भरमग्दुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए भने कार्यक्रमलाई रौनक बनाउन महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए ।उक्त कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका प्रमुख डम्बर न्याैपानेको सभापतित्वमा सम्पन्न भएको थियो।कार्यक्रमको सञ्चालन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लम्किका कर्मचारी बिष्णु भण्डारीले गर्नु भएको थियो कार्यक्रममा कम्पनीका अभिकर्ताहरुको उल्खिनिए उपस्थिति रहेको थियो।