बुधबार, जेष्ठ ७, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

श्री शुभ शान्ति महिला समूहद्वारा तीज विशेष कार्यक्रम बेलुवामा सम्पन्न(भिडियो सहित)

बौनियाँ,कैलाली-श्री सुभ शान्ति महिला समूहद्वारा आयोजित हरितालिका तीज विशेष कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नं ५ बेलुवामा सम्पन्न भएको छ ।

              विज्ञापन

 

सुभ शान्ति महिला समूहकी अध्यक्ष लक्ष्मी पाण्डेको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भोलेराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा अध्यक्ष चौधरीले सम्पूर्ण नेपाली आमा, दिदी बहिनीहरुलाई सुभकामना ब्यक्त गर्नु भएको थियो कार्यक्रममा अघि बोल्दै चौधरीले परम्परा अनुसार तीज मनाउन आग्रह गर्नु भएको थियो पछिल्लो समयमा विदेशी कला नेपालमा भित्रिएको छ यसलाई रोक्न सबै एक जुट हुनु पर्ने चौधरीको भनाई रहेको थियो ।समाजका विकृति र विसंतिहरुलाई अन्त्यगरी शान्तिपूर्ण समाज निर्माण गर्नका लागि सुभ शान्ति महिला समूहले यस्ता कार्यक्रमहरु गर्दै जानु पर्ने वडा अध्यक्ष चौधरीको भनाई रहेको थियो। विभिन्न चार्ड पर्वका नाममा समाजमा विकृति फैलिएका छन्’ उनले भने ‘यस्ता समाजका विकृतिहरुलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्न दिदी बहिनीहरुको प्रमुख भूमिका हुनुपर्छ ।’तीजका नाममा आजभोलि समाजलाई भड्काउने गिताहरु बजारमा आएको भन्दै यस्ता समाज अनुसारका गितहरुलाई अन्त्य गर्नका लागि सुभ शान्ति महिला समूह जस्ता अन्य संघ संस्थाहरु जिम्मेवार हुनु पर्ने बताए ।कार्यक्रममा विशिष्ट अथितिमा शेर बहादुर कठरिया(अमर)ले कार्यक्रममा बोल्दै भनु भयो तीजको प्ररम्परागत शैलि बद्लिएकोमा चिन्ता व्यक्त गरे । पछिल्लो समयमा तीजका गितको नाममा विभिन्न प्रकार विकृतिहरु आएको भन्दै सुभ शान्ति महिला समूहले तिजलाई तीजकै रुपमा मनाउनु पर्ने बताए । हाम्रो नेपालमा धेरै जातजाति धर्म मान्ने गर्ने गरेको पाइन्छ यो तीज पर्व भाइचाराको पर्व पनि हो हरितालिका तीज पर्वले सबै जातजातिहरु एक ठाउँमा जोडने पर्व पनि भएको कठरिया बताउनु भएको छ ।तीज विशेष कार्यक्रम वडा सदस्य सोनिया डगौरा,वडा सदस्य कित्थी देवी कामी,वडा सदस्य नैन बहादुर चौधरी, श्री नारायण आधारभूत बिद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क वि.क,नेकपा एमाले वडा नः ५ का वडा कमिटी कृष्ण साउँद,युवा समाजसेवी बालचन्द्र कठरिया र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बौनियाँ उप-शाखा प्रमुख डम्मर बहादुर बुढा लगायतका अतिथिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य महिला समूहकी सदस्य गीता कार्कीले गर्नु भएको थियो ।कार्यक्रमको सञ्चालन सचिव ललिता बोहराले गर्नु भएको थियो।

भिडियो सहित

https://youtu.be/Pja74EWYrMA

 

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation