![](https://baigyanikmedia.com/wp-content/uploads/2022/08/20220831_163203.jpg)
बौनियाँ,कैलाली –कैलालीको बर्दगोरिया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखा मुढा कैलाली द्वारा आर्थिक बर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रम अन्तर्गत आज वडा नं १ को सभा हलमा सम्पन्न भएको छ ।कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मिथुन गौतमको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी(लालदिप) र बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै गौतमले कोभिड-१९ को समयमा जोखिम मोलेर जनताको सेवामा खटिने स्वास्थ्यकर्मीहरुको सबै उच्च सम्मान र मुल्याङ्कन हुनुपर्ने र नागरिकलाई सुरक्षित सेवा प्रदान गर्ने सन्दर्भमा बर्दगोरिया गाउँपालिका सदैव तत्पर रहेको गौतमको भनाई रहेको छ । बर्दगोरिया गाउँपालिकाकालाई स्वास्थ्य उपचार रुपमा नेपालभर चिनाउन स्वास्थ्य सुरक्षा प्रणालीलाई प्रभावकारी बनाएर अगाडी बढ्न आग्रह गर्नु भएको थियो।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गोविन्द वि.क,वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य,वडा नं ४ का वडा अध्यक्ष जगत बहादुर शाही,वडा नं ५ का वडा अध्यक्ष भोले राम चौधरी,कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्मा, मीरा आले मगर,कला वति रेग्मी, सरस्वती वि.क र पुष्कर वि.कलगायतका अतिथिहरुको सहभागीता रहेको थियो।
स्वास्थ्य सेवा विभागको अनुमानित जनसंख्या अनुसार आर्थीक बर्ष २०७८/०७९ अनुसार यस गाउँपालिकाको जनसंख्या ३७६८९ रहेको पाइन्छ । बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निर्प बहादुर विष्टको स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख बिष्टले उहाँले अझै सुधार गर्नु पर्ने विषयमा आएको सुझावलाई ग्रहण गर्दै आगामी दिनमा थप प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य शाखा प्रमुख बिष्टले बताउनुभयो ।बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाका सि.आहेब अधिकृत मीन बहादुर धामीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।