
कैलाली – नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ कैलालीले युवा नेता भरत कुमार शाही सहित लाई प्रदेश सभा सदस्यकाे उम्मेदवारमा सिफारिस गरेकाे छ ।कुशल संगठक नेता शाही सिफारिस भएका नेताहरू मध्य प्रभावशाली मानिन्छन । राजनितीलाई सेवाका रूपमा गरिनु पर्ने धारणा भएका भरत कुमार शाही त्यस क्षेत्रका जनता खास गरि युवा हरूका बिचमा लाेकप्रिय नेतामा गनिन्छन ।
लामाे समय नेपाल विद्यार्थी संघमा राजनिती गरेका शाही माओवादी द्वन्द्वका बेला पटक पटक हत्या प्रयास हुदा बाचेका थिए भने उनकाे परिवारका ४ जना नातेदारकाे हत्या भएकाे थियाे । स्मरण रहाेस २०५९ मा नेपाली कांग्रेस प्रजातान्त्रिककाे केन्द्रीय कार्यालय बानेश्वर भएकाे बम बिस्पाेटमा उनी बसेका कुर्चि मुनि टाईम बम राखेर उनकाे हत्या प्रयास भएकाे थियाे ।