Baigyanik Media

Advertisment

SKIP THIS

कांग्रेस कैलाली क्षेत्र नं २ बाट संघिय सांसदका लागि ७ जनाको दाबी

कैलाली – मंसिर ४ गते हुन लागेको निर्बाचनमा संघिय संसदको उम्मेदारको लागि कैलाली क्षेत्र नम्बर २ बाट ७ जनाले दाबी पेश गरेका छन । संघको लागि कमल बहादुर शाह ,मोहन सिह राठौर,हिम बहादुर रावल, बिजय बहादुर स्वाँर, टीका कुमारी चौधरी, धर्मराज न्यौपाने र कृष्ण पाण्डेले प्रत्यक्ष तर्फको उम्मेदारको लागि क्षेत्रीय कार्यालयमा दाबी पेश गरेका कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति बिष्णुप्रसाद ढकालले जानकारी दिएका छन । संघिय संसदको समानुपातिक तर्फ पनी ६ जनाले दाबी पेश गरेका छन । कांग्रेस नेता जनक बहादुर बम, रीता मुडभरी, जितेन्द्र उपाध्याय, सुमन सञ्याल, बलबहादुर बिष्ट र लोक बहादुर महतोले क्षेत्रीय कार्यालयमा दाबी पेश गरेको क्षेत्रीय सभापति ढकालले जानकारी दिएका छन । आकांक्षिहरुले उम्मेदारीको लागि दाबी पेश गर्दा बिभिन्न क्षेत्रमा शुल्क लगे पनी कैलाली क्षेत्र नम्बर २ को संघिय तथा प्रदेश सभा निर्बाचन क्षेत्रमा उम्मेदारी दाबी पेशमा कुनै किसिमको शुल्क नलिएको क्षेत्रीय सभापति ढकालको भनाई रहेको छ।

 

उता कैलाली क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा “क” मा प्रदेश सांसदको लागि ११ जनाको दाबी पेश भएको छ । प्रत्यक्ष तर्फ प्रदेश सांसदको उम्मेदारका लागि प्रदेश सभा “क” बाट नमराज उपाध्याय, सुर्यबहादुर बटाला, भक्तबहादुर थापा, धर्मराज न्यौपाने, देवानन्द जैशी, शिवा थापा, पदमराज शर्मा, प्रेमबहादुर बिष्ट, हुर्मत बहादुर चलाउने, इश्वरी प्रसाद देवकोटा र गोबिन्द बिष्ट गरी ११ जनाको दाबी पेश भएको हो । तर कांग्रेस नेता देवानन्द जैशीले भने सामाजिक सञ्जाल फेसबुकमा लेख्दै “मैले आगामी निर्बाचनमा संघ प्रदेश, समानुपातिक वा प्रत्यक्ष कुनैमा पनी मेरो उम्मेदारी दाबी छैन, पार्टीले दिएको जिम्मेवावारी ईमान्दारी पुर्बक निर्बाह गर्नेछु” ।

 

 

 

यस्तै प्रदेश सभा “क” मा प्रदेश समानुपातिक तर्फको सांसद उम्मेदारको लागि २६ जनाको दाबी पेश भएको छ । जसमा अयोध्या प्रसाद चौधरी, रोउफ मोहम्मद जागा, देवकी कार्की, कुमारी सार्की, सुर्यबहादुर बटाला, सारदा देवी बिष्ट, धर्मराज न्यौपाने, गोपाल बहादुर बम, भीमबहादुर थारु, रामशरण ढकाल, रंगाकुमारी भट्राई, खड्क बहादुर बुढामगर, चन्द्राकुमारी धमाला, अनिता कुमारी चौधरी, भक्तबहादुर बिश्वकर्मा, खडानन्द सापकोटा, टेकराज कठायत, रतिराम भट्ट, टेकबहादुर नामजाली मगर, भगवती प्रसाद ढकाल, शिवा थापा, विजया कार्की, कासिराम देवकोटा, विपतराम चौधरी, पार्वती बादी र नन्दाराम बादी गरी २६ जनाको दाबी पेश भएको हो ।

 

 

 

यसैगरी कैलाली क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा “ख” मा प्रदेश सांसदको लागि १० जनाको दाबी पेश भएको छ । प्रत्यक्ष तर्फ प्रदेश सांसदको उम्मेदारका लागि प्रदेश सभा “ख” बाट तेजप्रताप मल्ल, भरत कुमार शाही, शुसिल शाही,विजय बहादुर स्वाँर, सेरबहादुर भण्डारी, पदमराज रिजाल, दलविर साँउद, बलबहादुर बिष्ट, दिनेश भण्डारी र उत्तम जोशी गरी १० जनाको दाबी पेश भएको जनाइएको छ ।

 

 

 

यस्तै प्रदेश सभा “ख” मा प्रदेश समानुपातिक तर्फको सांसद उम्मेदारको लागि २० जनाको दाबी पेश भएको छ । जसमा बिरबहादुर डँगौरा थारु, उपेन्द्र बहादुर बम, ताराप्रसाद तिमिल्सैना, लालमनि जैशी, रीताकुमारी मुडभरी, टेकबहादुर सार्की, बालकुमार सुनार, ललित जोशी भट्ट, जंगबहादुर विश्वकर्मा, रंगबहादुर सुनार, पदमसिंह ठकुरी, लोकेन्द्र बहादुर बडुवाल, बलिराम डगौरा थारु, बालचन्द्र कठरीया, खड्कबहादुर बिश्वकर्मा, रामचन्द्र कठरीया, नृपबहादुर सुवर्णकार, दीपा बडायक, कर्णबहादुर चौधरी र लक्ष्मीदेवी शाही गरी २० जनाको दाबी पेश परेको छ ।

 

आगामी संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्येक निर्वाचन क्षेत्र बाट १/१ महिला सहित २ जना पुरुष सहित ३ जना को नाम सिफारिस गर्ने क्षेत्रीय कार्यसमितिलाई केन्द्रिय समितिले परिपत्र गरेको क्षेत्रीय सभापति ढकालले जानकारी दिनु भएको छ।

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation