बिहिबार, फाल्गुन १७, २०८०

खानेपानी मन्त्रालय र बर्दगाेरिया गाउँपालिका बिच सम्झौता

बौनियाँ,कैलाली –नेपाल सरकार खानेपानी मन्त्रालय तथा बर्दगाेरिया गाउँपालिका बिच बिहीबार नेपालगञ्जमा एक कार्यक्रमका बिच सम्झौता भएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयाेजना कार्यान्वयन सम्बन्धमा सम्झौता भएको साे कार्यक्रममा सहभागी बर्दगाेरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरिले जानकारी दिनु भएको छ ।साे सम्झौता पत्रमा बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र खानेपानी तथा ढल व्यवस्थापन बिभागका माहा निर्देशक रमाकान्त दुवाडिले हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौताकाे शाक्षीकाे रुपमा बर्दगाेरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिह कार्कि र खानेपानी तथा ढल व्यवस्थापन विभागका उप-महानिर्देशक माधव प्रसाद अधिकारी रहनु भएको छ ।

 

बिहीबार सिद्धार्थ हाेटल नेपालगञ्जमा नेपाल सरकार खानेपानी मन्त्रालय र स्थानीय सरकार बिचकाे खानेपानी क्षेत्रगत सुशासन तथा पुर्वाधार सहयोग आयोजना संचालनकाे लागि सहभागिता सम्बन्धि सम्झौता तथा अन्तरक्रिया कार्यक्रममा उक्त सम्झौता भएको हाे । उक्त सम्झौतामा सम्झौता कार्यन्वयन हुन आवश्यक रकम नखुलाईए पनि त्यसका लागि आवश्यक डिपिआर निर्माण गरेपश्चात रकम बिनियाेजन गरिने जानकारी कार्यक्रममा सहभागीले दिएका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation