Baigyanik Media

Advertisment

SKIP THIS

कैलाली २ (ख) एमालेबाट कुँवरको दाबी,गठबन्धन माथि होलान् त हावी ?

बौनियाँ,कैलाली – हालै सम्पन्न स्थानीय चुनावमा कैलाली क्षेत्र नम्बर २ प्रदेश (ख) अन्तरगत पर्ने बर्दगाेरिया गाउँपालिका जितेर हाैसियकाे नेकपा एमाले पार्टिबाट उम्मेदवारी दिनेहरूकाे चर्चा सुरु हुन थालेको छ । साे क्षेत्रमा बर्दगाेरिया गाउँपालिकाका ६ वडा संगै लम्किचुहा नगरपालिकाका चार वडा र माेहन्याल गाउपालिकाका चार वटा वडा समेत रहेका छन ।साे क्षेत्रमा बिगत लामो समय देखि नेकपा एमालेकाे राजनीति गर्दै आएका बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ घर भएका भिम बहादुर कुँवरले आफ्नो दाबी रहने बताउनु भएको छ । वैज्ञानिक मिडिया संग कुरा गर्दै कुँवरले आफुले लामो समय देखि एमालेकाे राजनीति गरेता पनि आफु अहिले सम्म कुनै पनि लाभकाे पदमा नबसेकाले आफ्नो ससक्त दाबी रहने बताउनु भयो । हामी संग कुरा गर्दै कुँवरले आफ्नो व्यक्तिगत छवि र पार्टीको बलियो संगठन आफुले जित्ने आधार रहेको कुरा समेत व्यक्त गर्नुभयो ।साे क्षेत्रमा रहेका १४ वटा वडामध्ये बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसले ६ नेकपा माओवादी केन्द्रले ४ वडामा जित हात पार्दा नेकपा एमालेले २ वडा र २ वडा स्वतन्त्र उम्मेदवार जित्न सफल भएका थिए ।कुँवर यस अघि २०५४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट दाेदाेघरा गाविस अध्यक्षकाे उम्मेदवार बन्दै नेपाली कांग्रेसका हस्तु बम संग २७५ मतान्तरले पराजित भएका थिए । त्यस पश्चात कुनैपनि चुनाव नलडेका कुँवर नेकपा एमालेकाे राजनितीमा सधैं सक्रिय रहदै सामाजिक क्रियाकलापमा क्रियासिल रहदै आएका छन् । कुँवर बर्दगाेरिया गाउँपालिकामा एक स्वच्छ छवि भएको नेताका रुपमा परिचित समेत छन् । कुँवरले गर्ने व्यवहारले बर्दगाेरिया युवाहरु सधैं उनको पक्षमा रहदै आएका छन् । कुँवर यस क्षेत्रका लागि एक परिचित अनुहार समेत हुन ।

कुँवरकाे राजनीति जिवनकाे सुरुवात दाेदाेधरा गाविसकाे किसान संगठन सदस्य हुदै नेकपा एमाले दाेदाेघरा गाउँ कमिटि सदस्य हुदै पार्टीको ईलाका कमिटी सदस्य हुदै २०५४ साल देखि २०५९ सालसम्म सम्म नेकपा एमाले कैलालीकाे जिल्ला कमिटी सदस्य हुदै कार्य गरि सक्नु भएको छ ।

कुँवर नेकपा एमालेकाे साताै महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहदा २०५६ सालमा सम्पन्न भएको संसदिय निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ काे आर्थिक संयाेजक समेत रहेर सफल कार्य सम्पादन गरिसक्नु भएको छ ।

कुँवर हाल पार्टीको कुनै पनि संगठनमा मुख्य पदमा नरहेता पनि पार्टीका हरेक गतिविधिमा सक्रिय रहदै कार्य गर्द आएका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation