कैलाली २ (ख) एमालेबाट कुँवरको दाबी,गठबन्धन माथि होलान् त हावी ?

बौनियाँ,कैलाली – हालै सम्पन्न स्थानीय चुनावमा कैलाली क्षेत्र नम्बर २ प्रदेश (ख) अन्तरगत पर्ने बर्दगाेरिया गाउँपालिका जितेर हाैसियकाे नेकपा एमाले पार्टिबाट उम्मेदवारी दिनेहरूकाे चर्चा सुरु हुन थालेको छ । साे क्षेत्रमा बर्दगाेरिया गाउँपालिकाका ६ वडा संगै लम्किचुहा नगरपालिकाका चार वडा र माेहन्याल गाउपालिकाका चार वटा वडा समेत रहेका छन ।साे क्षेत्रमा बिगत लामो समय देखि नेकपा एमालेकाे राजनीति गर्दै आएका बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ घर भएका भिम बहादुर कुँवरले आफ्नो दाबी रहने बताउनु भएको छ । वैज्ञानिक मिडिया संग कुरा गर्दै कुँवरले आफुले लामो समय देखि एमालेकाे राजनीति गरेता पनि आफु अहिले सम्म कुनै पनि लाभकाे पदमा नबसेकाले आफ्नो ससक्त दाबी रहने बताउनु भयो । हामी संग कुरा गर्दै कुँवरले आफ्नो व्यक्तिगत छवि र पार्टीको बलियो संगठन आफुले जित्ने आधार रहेको कुरा समेत व्यक्त गर्नुभयो ।साे क्षेत्रमा रहेका १४ वटा वडामध्ये बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसले ६ नेकपा माओवादी केन्द्रले ४ वडामा जित हात पार्दा नेकपा एमालेले २ वडा र २ वडा स्वतन्त्र उम्मेदवार जित्न सफल भएका थिए ।कुँवर यस अघि २०५४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट दाेदाेघरा गाविस अध्यक्षकाे उम्मेदवार बन्दै नेपाली कांग्रेसका हस्तु बम संग २७५ मतान्तरले पराजित भएका थिए । त्यस पश्चात कुनैपनि चुनाव नलडेका कुँवर नेकपा एमालेकाे राजनितीमा सधैं सक्रिय रहदै सामाजिक क्रियाकलापमा क्रियासिल रहदै आएका छन् । कुँवर बर्दगाेरिया गाउँपालिकामा एक स्वच्छ छवि भएको नेताका रुपमा परिचित समेत छन् । कुँवरले गर्ने व्यवहारले बर्दगाेरिया युवाहरु सधैं उनको पक्षमा रहदै आएका छन् । कुँवर यस क्षेत्रका लागि एक परिचित अनुहार समेत हुन ।

कुँवरकाे राजनीति जिवनकाे सुरुवात दाेदाेधरा गाविसकाे किसान संगठन सदस्य हुदै नेकपा एमाले दाेदाेघरा गाउँ कमिटि सदस्य हुदै पार्टीको ईलाका कमिटी सदस्य हुदै २०५४ साल देखि २०५९ सालसम्म सम्म नेकपा एमाले कैलालीकाे जिल्ला कमिटी सदस्य हुदै कार्य गरि सक्नु भएको छ ।

कुँवर नेकपा एमालेकाे साताै महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहदा २०५६ सालमा सम्पन्न भएको संसदिय निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ काे आर्थिक संयाेजक समेत रहेर सफल कार्य सम्पादन गरिसक्नु भएको छ ।

कुँवर हाल पार्टीको कुनै पनि संगठनमा मुख्य पदमा नरहेता पनि पार्टीका हरेक गतिविधिमा सक्रिय रहदै कार्य गर्द आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९