बौनियाँ,कैलाली – कैलाली क्षेत्र नम्बर २ का सांसद झपट बहादुर रावल र बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर सहितको टोलिले यहाँको समग्र बस्तुस्थिति बारे जानकारी लिएको छ ।शनिबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को स्थलगत अनुगमन तथा नागरिक सङ्गको भेटघाट गरि यहाँका समास्याका बारेमा जानकारी लिएको छ ।भने वडा नम्बर ३ मा भएको नदी कटान,सडक , अपांग भएका व्यक्ति तथा दृष्टिविहिन नागरिक सङ्ग भेटघाट गरि उनीहरूको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ ।सो क्रममा सांसद झपटबहादुर रावलले वडा नम्बर ३ मा निर्माणको प्रक्रियामा रहेका झोलुङ्गे पुल, काडा, कुइरा नदी र झाप्री खोलामा बन्ने तीन पक्की पुलको बारेमा जानकारी गराएका थिए । सेती लोकमार्ग अन्तर्गत बर्दगोरिया ३ मा निर्माणको प्रक्रियामा रहेका पुल छिटो भन्दा छिटो निर्माण गर्ने प्रतिबद्धता जनाए ।उनले कुइरा नदिमा दशैपछी र काडा नदीमा बन्ने पुलको प्रक्रिया शुरु भएको भन्दै छिटो बनाउने दावी गरे ।सोही क्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगोरियामा नदी कटानको जोखिम न्यूनीकरण, सडक स्तरोन्नति,खानेपानी निर्माणको काम छिटोभन्दा छिटो सम्पन्न गर्ने बताएका थिए ।उनले वडा नम्बर ३ मा नदि कटानको समस्या तत्काल रोक्न छिटो धार परिवर्तनको काम थाल्न निर्देशन दिए ।पालिका अध्यक्ष कुवँरले आउँदो दशैमा आफुले पाउने सेवा सुविधाको रकम सबै यहाँका अपांग,अशक्त र दृस्टीबिहिनलाई प्रदान गर्ने बताए ।टोलिमा सहभागी वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्यले वडाको समग्र समस्या र तिनको समाधानका लागि सांसद रावललाई आग्रह गरे ।