बौनियाँ,कैलाली – हालै सम्पन्न स्थानीय चुनावमा कैलाली जिल्लामा चार पालिका जितेर हाैसियकाे नागरिक उन्मुक्ति पार्टिबाट उम्मेदवारी दिनेहरूकाे चर्चा सुरु हुन थालेको छ । यसै बीच कैलाली क्षेत्र नम्बर दुई प्रदेश सभा क्षेत्र (ख) बाट उम्मेदवार बन्ने हरुकाे चर्चा सुरु हुन थालेको छ । साे क्षेत्रमा बर्दगाेरिया गाउपालिकाका ६ वडा संगै लम्किचुहा नगरपालिकाका चार वडा र माेहन्याल गाउँपालिकाका चार वटा वडा समेत गरेर चाैध वटा वडा रहेका छन ।
साे क्षेत्रमा बिगत लामो समय देखि सामाजिक , शैक्षिक एबम खेल क्षेत्रमा क्रियासिल रहेका बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ घर भएका प्रमाेद मल्लले आफ्नो दाबी रहने बताउनु भएको छ । वैज्ञानिक मिडिया संग कुरा गर्दै मल्लले आफु बिगत लामाे समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेता पनि अहिले सम्म कुनै पनि लाभकाे पदमा नबसेकाले आफ्नो ससक्त दाबी रहने बताउनु भयो । हामी संग कुरा गर्दै मल्लले आफ्नो व्यक्तिगत छवि र पार्टीको बलियो संगठन आफुले जित्ने आधार रहेको कुरा समेत व्यक्त गर्नुभयो ।
मल्ल यश क्षेत्रमामा एक स्वच्छ छवि भएको व्यक्तिका रुपमा परिचित समेत छन् । मल्लले गर्ने व्यवहारले बर्दगाेरिया युवाहरु सधैं उनको पक्षमा रहदै आएका छन् । मल्ल यस क्षेत्रका लागि एक परिचित अनुहार समेत हुन । मल्ल बिगत लामाे समय देखि शिक्षण पेशामा आबद्ध समेत रहेका छन् ।
पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी एक बलियो पार्टीका रुपमा समग्र कैलाली जिल्लामा प्रस्तुत हुदै आईरहेकाे छ । जिल्लामा विभिन्न दल परित्याग गरि नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गर्ने लहर देखिनुले समेत मंसिर ४ गते हुने निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई कैलाली जिल्लामा हाल कायम रहेका राष्ट्रिय पार्टिहरु संगकाे मुख्य प्रतिस्पर्धिकाे रुपमा हेरिन थालेको छ । राजनीति क्षेत्रका जानकारहरु समेत नागरिक उन्मुक्ति पार्टीको कैलाली जिल्लामा ससक्त प्रस्तुति हुने कुराकाे व्याख्या गर्न थालेका छन् ।