बौनियाँ,कैलाली – हालै सम्पन्न स्थानीय चुनावमा कैलाली जिल्लामा चार पालिका जितेर हाैसियकाे नागरिक उन्मुक्ति पार्टिबाट उम्मेदवारी दिनेहरूकाे चर्चा सुरु हुन थालेको छ । यसै बीच कैलाली क्षेत्र नम्बर दुई प्रदेश सभा क्षेत्र (ख) बाट उम्मेदवार बन्ने हरुकाे समेत चर्चा सुरु हुन थालेको छ । याे क्षेत्रमा बर्दगाेरिया गाउँपालिकाका ६ वडा संगै लम्किचुहा नगरपालिकाका चार वडा र माेहन्याल गाउँपालिकामा चार वटा वडा समेत गरेर जम्मा चाैध वटा वडा रहेका छन ।
साे क्षेत्रमा बिगत लामो समय देखि राजनीतिक एवम् सामाजिक क्षेत्रमा क्रियासिल रहेका बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ घर भएका दल बहादुर वुचामगरले समेत नागरिक उन्मुक्ति पार्टिबाट आफ्नो दाबी रहने बताउनु भएको छ । मगर अहिले नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्यका रुपमा सक्रिय रहदै आएका छन् । बैज्ञानिक मिडिया संग कुरा गर्दै मगरले आफु बिगत लामाे समयदेखि सामाजिक एवम् राजनीतिक क्षेत्रमा सक्रिय रहेकाे कुरा बताउदै यस पल्टकाे प्रदेश सभाकाे निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ (ख) बाट आफ्नो ससक्त दाबी रहने बताउनुभयो । हामी संग कुरा गर्दै मगरले आफ्नो व्यक्तिगत छवि र पार्टीको बलियो संगठननै आफुले जित्ने प्रमुख आधार रहेको कुरा समेत व्यक्त गर्नुभयो ।
मगर यस क्षेत्रमा एक स्वच्छ छवि भएको नेताका रुपमा परिचित हुनुहुन्छ । मगरले गर्ने व्यवहारले यस क्षेत्रका युवाहरु सधैं उनको पक्षमा रहदै आएका छन् । मगर यस क्षेत्रका लागि एक परिचित अनुहार समेत हुन । मगर बिगत लामाे समय देखि सामाजिक एवम् राजनीतिक क्षेत्र संगै हरेक खेलकुदका गतिविधिमा नजिकबाट सक्रिय एवम् क्रियासिल रहदै आएका छन् ।
मगर संग हालको माेहन्याल गाउँपालिका अन्तरगत पर्ने साविककाे पण्डाैन गाविसकाे तिन पल्ट निर्वाचित पञ्चाय प्रमुख र गाबिस अध्यक्ष भएर काम गरिसकेकाे अनुभव समेत रहेको छ । मगर काम गरेर निखारियका अनुहार समेत हुन् । मगर संग काम गर्ने तरिका बजेट ल्याउन खेल्नुपर्ने पहल लगायतका कुराकाे कमि नभएको जानकारहरुकाे बुझाई रहेको छ । मगरकै पहलमा हालको महाेन्याल गाउँपालिकाकाे प्रशासनिक केन्द्र रहेको खिमडिमा ईलाका प्रहरी कार्यालय समेत स्थापना भएको हाे । मगर पण्डाैन गाविसमा स्वास्थ्य चाैकि र विद्यालय स्थापना गर्न समेत साेहि समयमा सफल भएका थिए ।
मगर संग २ बर्ष हालकाे बर्दगाेरिया गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर ४ मा अवस्थित मुडा बजार बिकास समितिको अध्यक्ष भएर कार्य गरेको अनुभव समेत रहेको छ । हालको मुडा बजारलाई याे अवस्थामा पुर्याउनमा मगरकाे महत्त्वपूर्ण भुमिका रहेको मुडा बजार क्षेत्रका धेरै व्यापारीहरु अहिलेसमेत मान्ने गर्दछन् । मगर बजार बिकास समितिकाे अध्यक्ष हुदा गरेकाे तटबन्धन लगायतका कार्यले मुडा बजार अहिलेसम्म टिकेको त्यस क्षेत्रमा बसाेबास गर्ने अधिकांश आम जनमानस अहिलेसम्म स्विकार्द छन् । मुडा बजार देखि तल्लापानि जाेड्ने बाटाेकाे कच्ची ट्रयाक खाेल्ने काममा समेत मगरको महत्त्वपूर्ण भुमिका रहेको छ । मगरलाई धेरै बृद्धहरुले अहिले सम्म प्रधानका नामले चिन्ने गर्दछन् । मगर खेलकुद क्षेत्रलाई समेत निकै माया गर्ने एक राजनिति कर्मिकाे रुपमा समेत युवाहरु माझ परिचित रहदै आएका छन् ।
पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी एक बलियो पार्टीका रुपमा समग्र कैलाली जिल्लामा प्रस्तुत हुदै आईरहेकाे छ । जिल्लामा विभिन्न दल परित्याग गरि नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गर्ने लहर देखिनुले समेत मंसिर ४ गते हुने निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई कैलाली जिल्लामा हाल कायम रहेका राष्ट्रिय पार्टिहरु संगकाे मुख्य प्रतिस्पर्धिकाे रुपमा हेरिन थालेको छ । राजनीति क्षेत्रका जानकारहरु समेत नागरिक उन्मुक्ति पार्टीको कैलाली जिल्लामा ससक्त प्रस्तुति हुने कुराकाे व्याख्या गर्न थालेका छन् ।