Baigyanik Media

Advertisment

SKIP THIS

दुई बर्ष पछि बौनियाँमा निरन्तरता पाउदै फुटबल प्रतियोगिता

कैलाली – जिल्लाकै हाईवे क्षेत्रमा सबैभन्दा धेरै पुरस्कार राशि रहेको फुटबल प्रतियोगिता बर्दगाेरिया सेतीलाेकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियाेगिताले यश बर्ष बाट फेरि निरन्तरता पाउने भएको छ । बिचमा २०७७ र २०७८ सालमा काेराेना महामारीको बिकरल अवस्थाका कारण स्थगित गर्नु परेको प्रतियाेगिताले यश बर्ष बाट निरन्तरता पाउने खबरले प्रतियोगिता आयाेजना हुने क्षेत्रका स्थानीय लगायत खेलकुद क्षेत्रमा चासो दिने सबै उत्साहित भएका छन् । याे फुटबल प्रतियोगिता बिशुद्ध एक फुटबल प्रतियोगिता मात्र नभएर जिल्लाकाे बर्दगाेरिया गाउपालिकाकाे एक पहिचान भएको कुरामा समेत सबैकाे एकमत रहेको छ ।यश प्रतियोगिता मुल लक्ष्यनै स्थानीय क्षेत्र बाट राष्ट्रका लागि स्तरिय फुटबल खेलाडी उत्पादन गर्नुका साथै पालिकामा रहेको बर्दगाेरिया धार्मिक क्षेत्रकाे पहिचान गराउदै पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउनु समेत रहेको छ । अझ अर्को रुपमा भन्नुपर्दा यश क्षेत्रबाट भएर अगाडि जाने सेतीलाेकमार्ग निर्माणकाे कार्यलाई तिब्रता दिदै चाडाे सम्पन्न गर्न दबाब सिर्जना गराउनु यस प्रतियोगिताकाे अर्को महत्त्वपूर्ण पक्षका रुपमा पहिलो संस्करण देखि रहदै आएको छ ।याे प्रतियोगिता काे पहिलो संस्करण बाटनै यसको आयाेजकका रुपमा पालिकाकै सबैभन्दा पुरानाे सडकपुर बाैनिया युवा क्लबले गर्दै आइरहेको छ । यश अघिका सम्पूर्ण संस्करण गाउपालिकाकाे वडा नम्बर १ स्थित बसन्त मुरारी नमुना माध्यमिक बिधालय काे खेल मैदानमा हुदै आएकोमा पाचौं संस्करण बाट आयाेजकले खेलमैदान परिवर्तन गरेको छ । पाचौं संस्करणको बर्दगाेरिया सेतीलाेकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिता २०७९ पालिकाकाे वडा नम्बर ४ स्थित मुडा बजारमा रहेको खेल मैदानमा सञ्चालन हुनेछ ।प्रतियोगिता मुडा बजार स्थित खेलमैदानमा सञ्चालन हुने खबरले साे क्षेत्रका स्थानीय व्यापारी बुद्धिजीवी समाजसेवी हरुले खुसिसमेत व्यत्त गरेका छन् । मुडा बजारको खेल मैदान प्रतियोगिता सञ्चालन भएमा मुडा बजारकाे व्यापार व्यवसायमा वृद्धि हुनुका साथै साेहि वडामा रहेको पुरैनाताल पर्यटकिय क्षेत्रकाे प्रचार प्रसारमा यसले सहयोग पुर्‍याउने उनिहरुकाे बिश्वास रहेको छ ।

आगामी अशाेज ५ गतेबाट सञ्चालन हुने प्रतियाेगितामा आयाेजक सहित देसका विभिन्न ठाउबाट सहभागी हुने १६ टाेलिले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयाेजक क्लब स्रोतले बताएको छ । गत संस्करण भन्दा थाेरै वृद्धि गर्दै यश बर्ष विजेता टाेलिले पुरस्कार स्वरुप दुई लाख पच्चीस हजार प्राप्त गर्नेछ भने उप विजेता बन्ने टाेलिले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा व्यत्तिगत बिधातर्फ समेत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आयाेजकले नगद पुरस्कार प्रदान गर्नेछ ।
स्थानीय निकायकाे निर्वाचन २०७९ बाट निर्वाचित बर्दगाेरिया गाउपालिकाकाके टिमले समेत प्रतियाेगितालाई सफल बनाउन सक्दाे सहयोग गर्ने प्रतिबद्धता व्यत्त गरिसकेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation