Baigyanik Media

Advertisment

SKIP THIS

कैलाली २ (ख) माओवादी केन्द्रबाट गिरीको दाबी,हुन सक्लिन त एमाले र नागरिक उन्मुक्ति माथि हाबि ?

बौनियाँ,कैलाली – आगामी मंसिर ४ गते हुने संघिय र प्रदेश सभाकाे निर्वाचनका लागि फरक फरक दल हरुबाट फरक फरक व्यक्तिका दाबिहरु संघिय र प्रदेश सभा निर्वाचनका लागि अगाडि आउन थालेका छन् । त्यसमा पनि कसैको नाम एकल पठाएर सर्वसम्मत साे व्यक्तिनै उम्मेदवारकाे रुपमा अगाडि आउने माहोल देखिँदा अधिकांश ठाउँमा एउटै पार्टीभित्र बाट समेत धेरै जना आकांक्षिहरु देखिन थालेका छन् ।यसै बिच कैलाली क्षेत्र नम्बर २ (ख) बाट समेत फरक फरक दलबाट आफ्नो दाबी रहेको भन्दै बिभिन्न व्यक्तिहरु अगाडि देखिन थालेका छन् । यसैबीच नेकपा माओवादी (केन्द्र) बर्दगाेरिया कि शसक्त ,जुझारु ,कर्तव्यनिष्ट महिला नेत्रि पबित्रा जाेसी गिरीले आगामी मंसिर ४ गते हुने प्रदेश सभाकाे निर्वाचनमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट आफ्नो दाबी रहने हामीलाई जानकारी दिनु भएको छ । गिरी युद्ध काल देखि नै माओवादी पार्टीमा क्रियासिल नेत्रि हुनुहुन्छ ।उहालाई पार्टी भित्र समेत संगठन बिस्तारमा चतुर खेलाडिकाे रुपमा चिन्ने गरिएको साेहि पार्टिमा संलग्न नेताहरु मान्ने गर्दछन् । यश प्रदेश सभा निर्वाचन क्षेत्रमा पर्ने १४ वडामा नेकपा माओवादी केन्द्रकाे बलियाे संगठन रहेको भन्दै उहाले पार्टीको बलियो संगठन र आफ्नो व्यक्तिगत छबिनै आफुले जित्ने आधार रहेकाे कुरा बताउनु भएको छ ।२०५८ सालमा भुमिगत हुदै पार्टीमा प्रवेश गरेकि गिरी निरन्तर साेहि पार्टिमा क्रियासिल रहदै आउनु भएको छ । इलाका कमिटी सदस्य हुदै राजनीतिकाे मुल प्रवाहमा हाेमियकि गिरी त्यसपश्चात एरिया सदस्य जिल्ला सदस्य हुदै अहिले पार्टीको शुदुरपश्चिम प्रदेश कमिटीको सदस्यका रुपमा रहनु भएको छ । एक महिला हुदाहुदै सधैं परिवर्तनको वकालत गर्ने गिरी दुई सन्तानलाई हुर्काउदै जनयुद्धमा सहभागी हुनुभएको थियो ।राजनीति लाई पेशा नसम्झेर समाजसेवा ठान्ने गिरी हाल जीवन यापन र छाेराछाेरीलाई उच्च शिक्षा प्रदान गर्नुपर्छ भन्ने ठानेर कृषि कार्यमा तल्लिन हुनुहुन्छ । गिरी भन्नुहुन्छ हामीले जुन दिन राजनीति लाई पेशा ठान्याै त्यहीँ दिनबाट नै हाम्रो मानसपटलमा गलत कुराकाे संचार हुने र हामी समाजिक कार्य गर्न सक्दैनौं । गिरी कृषि कर्मसंगै निरन्तर पार्टीको जिम्मेवारीमा समेत क्रियासिल रहदै आउनुले समेत उहाँ यस कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि एक परिचित अनुहार समेत हाे ।बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ मा बस्ने गिरी वडा नम्बर ४ मा कृषि कर्म गर्नुहुन्छ भने उहाँ बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ बाट मतदान गर्नुहुन्छ । यसैगरी गिरीकाे माईति घर समेत यसै प्रदेशकाे निर्वाचन क्षेत्रमा पर्ने भएकाले उहाँलाई पार्टी भित्र बाट समेत एक बलियो उम्मेदवारकाे रुपमा हेर्ने गरिएको छ । उहाँका श्रीमान गणेशराज गिरी स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित बर्दगाेरिया गाउँपालिकाकाे उपाध्यक्ष हुनुहुन्छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation