Baigyanik Media

Advertisment

SKIP THIS

राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया वडा नं ३ काे प्रथम सम्मेलन सम्पन्न अध्यक्षमा जाेसी

बौनियाँ,कैलाली” न्याय प्रेमि युवाहरु राष्ट्रिय युवा संघमा सामाजिक परिवर्तन युवाको काधमा ” भन्ने मुल मर्म बाेकेकाे राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँपालिका वडा नम्बर तिनकाे प्रथम सम्मेलन मंगलबार सम्पन्न भएको छ ।देशकै सबैभन्दा ठुलो युवाहरुकाे संगठनकाे रुपमा परिचित रहेको राष्ट्रिय युवा संघ नेपालले बर्दगाेरिया गाउपालिकामा समेत फरक छाप छाेड्दै आइरहेको छ । नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य काेकिला खत्रीकाे प्रमुख आथित्यतामा भएको कार्यक्रममा निबर्तमान जिल्ला कमिटी सदस्य टंकराज ओली र बर्दगाेरिया गाउँ कमिटी सचिवालय सदस्य लाल सिह बि.क विशिष्ट अतिथि रहनु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य काेकिला खत्रीले युवाहरुले समाजमा रहेका गलत धारमा लागेका युवाहरुलाई के काे माध्यम बाट हुन्छ सहि मार्गमा ल्याउन पहल गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो । साेहि अवसरमा अगाडि बाेल्दै खत्रीले आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे संघ र प्रदेशशभाकाे निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हरुलाई विजयी बनाउन राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाले महत्त्वपूर्ण भुमिका खेल्ने कुरामा आफु आशावादी रहेको कुरा बताउनु भएको थियो ।साे कार्यक्रममा नेकपा एमाले बर्दगाेेरिया गाउँकमिटि सचिवालय सदस्य एवम् वडा नम्बर तीन का ईञ्चार्ज आत्माप्रसाद रिजाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँकमिटि उपाध्यक्ष अर्जुन बि.ककाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन गाउँकमिटि सचिव बसन्त ओलीले गरेका थिए । कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउकमिटि अध्यक्ष राजेन्द्र रावलकाे अध्यक्षतामा भएको थियो ।साेहि भेलाले विजय जाेशीकाे अध्यक्षतामा १६ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।जसको उपाध्यक्षमा नरेन्द्र थापा सचिव देव सुनार काेषाध्यक्ष बिमला रानामगर दुई उपसचिवमा कल्पना बुढा र महेश ओली रहेका छन् । यस्तै उत्त कमिटीको सदस्यहरुमा ईशरा थापा, रुमा ओली,निरज बि.क,प्रदिप जनाला, अनुजा रानामगर , घनश्याम बि.क, बिष्णा खड्का , दिपक गिरी, राजु बि.क र भुपेन्द्र थापा रहेका छन् ।

       फोटो फिचर सहित हेर्नुहोस्

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation