कैलाली – नेकपा माओवादी केन्द्र निर्बाचन क्षेत्र नम्बर २ अन्तरगत बर्दगाेरिया गाउँपालिका बाट आगामी प्रतिनिधि सभा तथा प्रदेस सभा निर्बाचनका लागि उम्मेदवारहरु सिफारिस गरिएको छ ।आज बाैनियाँमा बसेको बर्दगाेरिया गाउँ कमिटिको पुर्ण बैठकले प्रतिनिधि सभामा क्षेत्र नम्बर २ मा नन्द बहादुर साउँद र भिम बहादुर कुँवरको नाम सिफारिस गरेको छ । त्यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ दिपा कुमारी चाैधरी,भगवती देबि डगाैरा थारु र रुपक सुनारको नाम सिफारिस गरेको हो ।बैठकले क्षेत्र नम्बर २ प्रदेस सभा २ को प्रत्यक्ष तर्फ पबित्रा गिरी,नन्द बहादुर साउँद,नाथुराम डगाैरा थारु,भिम बहादुर कुँवर,राम बहादुर साउँद,राजेश चाैधरी र ज्ञानेन्द्र बमको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेस सभा तर्फ समानुपातिकका लागि ध्वज बहादुर सुनार,धिरेन्द्रा जैशी,नाथुराम डगाैरा थारु,पदम बहादुर हमाल,बिमला शाहा (साउँद),भेखु चाैधरी,राज बहादुर बुढा,राजेश चाैधरी,राम कुमार कठरिया,लक्ष्मी रिमाल,लाैटन चाैधरी,रुपक सुनार र भगवती देबि डगाैरा थारुको नाम सिफारिस गरेको गाउँ कमिटी अध्यक्ष राम बहादुर साउँदले जानकारी दिए ।
यि सम्पूर्ण सिफारिस हरु गाउँ कमिटीले कैलाली जिल्ला निर्वाचन समन्वय समितिलाई गाउँ कमिटीबाट सिफारिस गरेर पठाएको गाउँ कमिटी अध्यक्ष राम बहादुर साउँदले जानकारी दिएका छन् । निर्वाचनकाे मिती नजिकिए संगै पछिल्लो समयमा विभिन्न दलबाट सिफारिस गर्नेक्रम जारि रहेकाे छ । कैलाली क्षेत्र नम्बर २ मा गठबन्धन ,नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका बिचमा कडा प्रतिस्पर्धा हुने धेरैले आकलन गर्दै आएका छन् ।