बिहिबार, बैशाख १३, २०८१

फुटबल प्रतियोगिता सफल पार्न सहयोग रहने : सांसद रावल 

कैलाली-जिल्लाकै हाईवे क्षेत्रमा सबैभन्दा धेरै पुरस्कार राशि रहेको फुटबल प्रतियोगिता बर्दगाेरिया सेतीलाेक मार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियाेगिता सञ्चालन हुने मिति नजिकिँदै गए पछि आयाेजक क्लबले तयारी तिब्र पारेको छ ।साेहि क्रममा प्रतियोगिता आयाेजनका लागि क्लबले स्थापना गरेको सचिवालयमा पुगेर कैलाली क्षेत्र नम्बर २ का संघिय सांसद झपट बहादुर रावलले प्रतियोगिता सफल आयाेजनाका लागि क्लबलाई आग्रह गरेका छन् ।बिहीबार क्लबकाे सचिवालयमा पुगेर सांसद रावलले प्रतियोगितालाई सफल बनाउन आफ्नो तर्फबाट र आफुले गर्न सक्ने सहयाेगका लागि सधै तयार रहने कुरा व्यक्त गर्नुभयो ।साेहि क्रममा सानाे भेटमा रावलले याे प्रतियोगिताकाे नामाकरणमानै बर्दगाेरिया र सेतीलाेकमार्ग जाेडिएकाले आफ्नो ध्यान यसमा रहेको बताउनुभएको थियो । साेहि अवसरमा सचिवालयमा युवा हरुलाई सल्लाह दिन पुग्नुभएका बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रतियोगिताकाे नाममा गाउँपालिकाको समेत नाम जाेडिएकाले प्रतियोगिता सफल बनाउन आफ्नो हर सम्भव प्रयास रहने भन्दै आयाेजक कमिटिलाइ त्यसको व्यवस्थापनमा जुट्न समेत अनुरोध गर्नु भएको थियो । सचिवालयमा पुगेर प्रतियोगिता सफलताका लागि सल्लाह दिएकोमा सडकपुर बाैनियाँ युवा क्लबले संघिय सांसद झपट बहादुर रावल र बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरलाई धन्यवाद व्यक्त गर्दै निरन्तर साथ र सहयोगकाे अपेक्षा रहेको बताएको छ ।अब प्रतियोगिता आउन केही दिन मात्र बाँकी रहदा आयाेजकले मैदान व्यवस्थापन ,आर्थिक संकलन , टिम व्यवस्थापन लगायतका कार्यलाई तिब्रता दिईरहेकाे प्रतियोगिता संयाेजक रबि कुँवरले जानकारी दिनुभएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation