बर्दगोरिया १ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा बितरण सुरु

हिक्मत वादी,मुडा कैलाली-कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण कार्यक्रम सुरु भएको छ ।बर्दगोरिया गाउँपालिका वडा नं १ का अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा सुरु भएको जग्गाको निस्सा वितरण कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवर रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिकाका प्रशासनिय अधिकृत अर्जुन सिंह कार्की रहनुभएको थियो भने अतिथिहरुमा सरस्वती कामि,राम चन्द्र डगौरा थारु रहनुभएको थियो ।बर्दगोरिया गाउँपालिका वडा नं १ मा भुमिहिन दलित २४ जना र भुमिहिन सुकुम्बासी ९ जना गरि ३३ जनालाई जग्गाको निस्सा बितरण गरिने बर्दगोरिया गाउँपालिका वडा नं १ ले जानकारी दिएको छ ।भुमिहिन दलित र भुमिहिन सुकुम्बासी हरुलाई जग्गाको निस्सा बितरण गरे पछि बर्दगोरिया गाउँपालिका वडा नं १ का स्थानीय बासिहरु खुसिले हर्षित भएका थिए र राष्ट्रिय भुमि आयोग, पालिका अध्यक्ष कर्ण कुँवर, वडा नं १ का अध्यक्ष मिथुन गौतम लगायत निस्सा वितरण गर्ने सम्पुर्ण टिमलाई धन्यवाद ब्यक्त गरेका थिए।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation