बौनियाँ,कैलाली – कैलाली जिल्लाकाे बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको जगदम्बिके भगवती माध्यमिक विद्यालयमा अध्यनरत १५० जना छात्र छात्रालाई स्वास्थ्य तथा सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । बेटा वर्ल्ड ईन्टरनेशनल डेभलपमेन्ट नामक एन.जि.ओकाे आर्थिक सहयोगमा हाेप ब्रिज नामक एक गैरसरकारी संस्थाले बर्दगाेरिया गाउँपालिका संगकाे सहकार्यमा उत्त सामाग्रीहरु हस्तान्तरण गरेको हाे । सामाग्री हस्तान्तरण कार्यक्रममा बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण वहादुर कुँवर बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनरिषि आचार्य जगदम्बिके भगवती माध्यमिक विद्यालयका प्राधानाध्यापक नेत्र खड्का हाेप ब्रिजका शुदुरपश्चिम प्रदेश प्रमुख महेन्द्र बम लगमयतकाे उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका सामाग्रीहरुमा साबुन , मास्क, सेनिटाईजर संगै छात्रा हरुलाई सेनिटरि प्याड समेत प्रदान गरिएको थियो । सामाग्री बितरण पश्चात् हामी संग संक्षिप्त प्रतिक्रिया दिदै हाेप ब्रिजका महेन्द्र बमले आफ्नो संस्थाले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका बताउदै शुदुरपश्चिम प्रदेशका विभिन्न बिद्यालयमा अध्यनरत एच आई भि पिडित १८ बर्ष मुनिका विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको बताउनु भएको थियो । साेहि अबसरमा बमले यश पालिकामा समेत काेहि एचआईभी पिडित १८ बर्ष मुनिका बिधालयमा अध्यनरत बिधार्थि भए पालिकाकाे सहकार्यमा आफ्नो संस्थासँग जाेडिएमा सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो ।सामाग्री हस्तान्तरण कार्यक्रममा बिधालयमा पुग्नु भएको गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवरले बिधालयकाे शैक्षिक गुणस्तरमा कमि आउन नदिन सम्पूर्ण शिक्षक कर्मचारिहरुलाई निर्देशन समेत दिनुभएको थियो । साेहि अवसरमा अध्यक्ष कुवरले बिधालयमा निर्माणाधीन ६ काेठे पक्की भवनको अनुगमन समेत गर्नुभएको थियो ।