बौनियाँ,कैलाली – “सफा सहर स्वच्छ गाउँ ,सबै मिलि फोहोर हटाउ” भन्ने मुलमन्त्रका साथ शनिबार जुनकीरी नेपालले बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा अवस्थित मुडा बजार खेलमैदान क्षेत्रकाे सरसफाइ गरेको छ । “हप्तामा एक घण्टा समाजका लागि” अभियान अन्तर्गत मुडा बजार खेलमैदान क्षेत्रमा सरसफाइ गरिएको जुनकीरी नेपालका अध्यक्ष सुनिल भण्डारीले जानकारी दिनु भएको छ ।
सरसफाइ कार्यक्रममा सडकपुर बाैनियाँ युवा क्लबका निवर्तमान अध्यक्ष प्रकाश साउँद,पाचौं बर्दगाेरिया सेतिलाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिता २०७९ का खेल मैदान व्यवस्थापन संयाेजक दिपक गाैतम,साे प्रतियोगिताका टिम ब्यवस्थापन संयाेजक निर्प साउँद जुनकीरी नेपालकाे भागिनि संस्था सानिजुनकिरीको पनि उपस्थिती रहेको थियो ।
जुनकीरी नेपाल आफ्नो स्थापना काल देखि सरसफाइका क्षेत्र हरुमा कार्य गर्दै आयको छ । उसले केही समय अगाडि मात्र किसाेरिहरुका लागि आत्मरक्षा तालिमको सफल आयाेजना समेत सम्पन्न गरिसकेको छ । शनिबार मुडा बजार खेल क्षेत्रमा सरसफाइ कार्यक्रमकाे आयाेजना गरेकोमा पाचौं बर्दगाेरिया सेतीलाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिता २०७९ काे आयाेजक सडकपुर बाैनियाँ युवा क्लबका निबर्तमान अध्यक्ष प्रकाश साउँदले जुनकीरी नेपाललाई धन्यवाद समेत व्यक्त गर्नु भयाे ।
हामी संग कुरा गर्दै साउँदले युवा परिवर्तनको सम्बाहक भएको बताउदै हरेक नयाँ र परिवर्तन कारि कार्यकाे थालनि युवाले गर्नुपर्ने कुरामा जाेड दिनु भएको छ । हप्तामा एक घण्टा समाजका लागि अभियान अन्तरगत आउदो सनिवार बर्दगाेरिया गाउँपालिकाकाे कुनै अर्को ठाउमा सरसफाइ कार्यक्रमकाे आयाेजना गरिने जुनकीरी अध्यक्ष भण्डारीले जानकारी दिनु भएको छ । मुडा बजार स्थित खेलमैदानमा पाँचौ संस्करणको खुल्ला सेतीलाेकमार्ग राष्ट्रव्यापि फुटबल प्रतियोगिता २०७९ काे आयाेजना स्थल समेत हाे । साेहि कुरालाई मध्येनजर गर्दै साे खेलमैदानमा सरसफाइ गरिएकाे जुनकीरी नेपालकि उपाध्यक्ष अपेक्षा राेकायाले बताउनुभयो ।

















































































































































