हिक्मत वादी,
मुडा कैलाली- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र घोडाघोडी नगर कमिटिले कैलाली क्षेत्र नं ३ (ख) बाट प्रतिनिधि सभाका लागि समानुपातिक बाट (क) दन्त बिश्वकर्मालाई सिफारिस गरेको छ।२०५६ साल देखि विद्यार्थी राजनिति बाट आएका बिश्वकर्मा पार्टीको भातृ संगठन विद्यार्थी संगठनको सचिवको जिम्मेवारीमा रहि पार्टीको संगठन बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो। यसैगरी २०५७ सालमा धौलागोरु गाबिसको नेपाल दलित मुक्ति मोर्चाको अध्यक्ष,२०५८ मा वाई सि एल यरिया उपाध्यक्ष,२०५९ मा जिल्ला पालाटुन सह कमानडर,२०५९ मै क्षेत्रीय कम्पनीमा समायोजन भई सेक्सन कमाण्डर,भई दुई दर्जन भन्दा बढी पार्टीको संगठनमा आबद्ध भएर पार्टीको संगठन बिस्तारको लागि ठूलो भूमिका निर्वाह गर्नु भएको थियोे।
उहा हाल घोडाघोडी नगर कमिटि सचिवालय सदस्य नेपाल दलिय मुक्ति मोर्चा प्रदेश कमेटि सदस्य तथा घोडाघोडी नगर इन्चार्जको भुमिकामा रहि पार्टी संगठित र पार्टी बिस्तारको लागि बिशेष रुपका लागि रहनुभएको छ।
उहाले समाज परिवर्तन र पार्टीको संगठन बिस्तारमा अतुलनीय योगदान पुर्याउनु भएको छ। यसै योगदानको कदर गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र घोडाघोडी नगर कमिटिले प्रतिनिधि सभाका लागि समानुपातिक बाट कैलाली क्षेत्र नं ३ (ख) बाट दन्त बिश्वकर्मालाई सिफारिस गरेको हो ।