मङ्लबार, भदौ २५, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगाेरियामा बाल संजालले राष्ट्रिय बाल दिवस मनाउँदै/नृत्य र गायन प्रतियाेगिता पनि हुने

बौनियाँ,कैलाली –‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी समाज’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस कैलाली जिल्लाकाे बर्दगाेरिया गाउँपालिकामा मनाईने भएको छ ।

बर्दगाेरिया गाउँपालिका स्तरिय बाल संजालकाे आयाेजनामा भदौ २९ गते बुधबार ५८ औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रमकाे आयाेजना गरेर मनाउने तयारी भएको पालिका स्तरिय बाल संजालका अध्यक्ष बसन्त राज जैशीले जानकारी दिएका छन् । अध्यक्ष जाेशीका अनुसार बर्दगाेरिया गाउँपालिका वडा नम्बर ६ बास्काेटि स्थित महुन्याल माध्यमिक विद्यालयकाे प्राङ्गणमा राष्ट्रिय बाल दिवसकाे अवसर पारेर प्रतियाेगात्मक नृत्य र गायन प्रतियाेगिताकाे आयाेजना गरिने उनले बताए ।

बिहान ९ बजे बाट सुरु हुने कार्यक्रममा पालिका भित्र रहेका बालबालिका संगै बाल अधिकारका क्षेत्रमा कार्य गर्ने संघ संस्था र व्यत्तिहरुकाे सहभागिता रहने पालिका स्तरिय बाल संजालले जानकारी दिएको छ ।

 

नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation