बिहिबार, बैशाख १३, २०८१

नेपाल दलित मुक्ति मोर्चाको जोशीपुर गाउँपालिका स्थरिय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

हिक्मत वादी,मुडा कैलाली-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाको जोशिपुर गाउँपालिका स्थरिय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।नेपाल दलित मुक्ति मोर्चा जोशिपुर गाउँ कमिटीको आयोजनामा नेपाल दलित मुक्ति मोर्चा जोशिपुर गाउँ कमिटी अध्यक्ष (क ) मनोज परियारको अध्यक्षतामा सुरु भएको बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश कमिटी सह- संयोजक (क) गोबिन्द राज बिसि रहनुभएको थियो। यस्तै बिशिष्ट अतिथिमा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला संयोजक जगत बहादुर बिक रहनुभएको थियो भने अतिथिहरुमा प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं (क) सुरेश देवकर, प्रदेश कमिटी सदस्य ओजारी लाल चौधरी रहनुभएको थियो।यसैगरी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा जोशिपुर गाउँपालिका स्थरिय बैठक तथा प्रशिक्षण कार्यक्रम जोशिपुर गाउँपालिका स्थरिय २१ सदसिय कमिटी गठन गरेको छ। जसको अध्यक्षमा मोनोज परियार,उपाध्यक्षमा भरत नेपाली,अमृता बिक ,सचिबमा तारा नेपाली,सह सचिवमा गौरि सार्की र कोषाध्यक्षमा यशोदा भुल लगायत २१ सदसिय नेपाल दलित मुक्ति मोर्चा को जोशिपुर गाउँपालिका स्थरिय कमिटी गठन गरिएको छ।साथै नव गठित नेपाल दलित मुक्ति मोर्चाको जोशिपुर गाउँपालिका स्थरिय कमिटीले छिटै नै प्रत्यक वडामा वडा कमिटी गठन र सेल कमिटी गठन गरि संगठन बिस्तार गरिने जनाएको छ। कार्यक्रममा जोशिपुर गाउँपालिकाका ७ वटै वडाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation