बौनियाँ,कैलाली –‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस बर्दगाेरिया गाउँपालिका वडा नं ६ बास्काेटीमा बर्दगाेरिया गाउँपालिका स्तरीय बाल संजालले मनाएको छ ।बुधबार पालिकाकाे वडा नम्बर ६ मा अवस्थित महुन्याल माध्यमिक बिद्यालयमा बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा अन्तर बिद्यालय स्तरिय नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले एक दिन मात्र बाल दिवस मनाउँदैमा त्यसले तात्विक महत्त्व नराख्ने बताउदै बालबालिका लाई अधिकार सम्पन्न गराउदै बालबालिका माथि हुने साेषण दमन र अत्याचारको अन्त्यको सुरुवात घरघरबाट हुनुपर्ने कुरा बताउनु भएको थियो । गाउँपालिका अध्यक्ष कुवंरका अनुसार बर्दगाेरिया गाउँपालिकामा कुनै पनि बालबालिकाहरु उनिहरुले प्राप्त गर्नु पर्ने अधिकार पाउनबाट बञ्चित नहुन भनेर पालिका सरकार बाल मैत्रि ऐन बनाएर अगाडि बड्ने तयारीमा रहेको कुरा बताउनुभएको थियो । कुँवरका अनुसार आजका बालबालिकानै भाेलि याे समाज परिवर्तनका मुख्य खम्बा भएको कुरामा जाेड दिदै आफू याे पालिका अध्यक्ष रहदा हाेस या नरहदा सधै बालबालिकाकाे पक्षमा वकालत गर्न तयार रहेको कुरा बताउनुभएको थियो । कार्यक्रममा महुन्याल माध्यमिक बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष धिरेन्द्रा देबि जैशी, महुन्याल माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्वज बहादुर सुनार, महुन्याल माध्यमिक बिद्यालयका प्राधान्याध्यापक चन्द्रिका जाेशी ,नव बाल बाटिका विद्या मन्दिर बाैनियाँका संस्थापक प्रमाेद मल्ल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रम अन्तरगत नृत्य प्रतियोगितामा मार्ग दर्शन एकेडेमी बाैनियाँको समूह प्रथम हुदा,नव बाल बाटिका विद्या मन्दिर बाैनियाँकाे समूह दाेस्राे र बसन्त मुरारी नमुना माध्यमिक बिद्यालय बाैनियाँकाे समूह तेस्रो हुदा गायन तर्फ बसन्त मुरारी नमुना माध्यमिक विद्यालय बाैनियाँका आयुष सुनार प्रथम ,महुन्याल माध्यामिक बिद्यालय बास्काेटिका अनिष परियार दाेस्राे र , बालकन्या माध्यमिक बिद्यालय कट्टिपुर कि शुचित्रा बि.क तेस्रो भएकि थिइन् ।साे कार्यक्रमकाे निर्णायकका रुपमा चर्चित गायक भरत ताम्राकार, चर्चित माेडल वीर बहादुर चाैधरी र नृत्य निर्देशक हितेश ताम्राकार रहेका थिए ।गाउँपालिका स्तरिय बाल सञ्जालका सदस्य राजेश सापकोटाकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन सञ्जालका उपाध्यक्ष प्रेम प्रशाद देबकाेटाले गरेको कार्यक्रम सञ्जालका पालिका अध्यक्ष बसन्त राज जैशीकाे अध्यक्षतामा भएको हाे ।