कैलाली – कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सवको आज एक कार्यक्रमका विच एक भब्य समारोहका बिच नागरिक उन्मुक्ति पार्टीका महासचिव समेत रहनु भएका सुदुरपश्चिम प्रदेश सांसद रतन थापाले महोत्सवको उद्घाटन गर्ने महोत्सवका प्रचारप्रसार समिति संयोजक हरेन्द्र चौधरीले वैज्ञानिक मिडियालाई जानकारी दिनु भयो ।
लम्की एफ.एम.को आयोजनामा यहि भाद्र ३० गते देखि असोज ९ गते सम्म हुन लागेको उक्त लम्की सांगितीक महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा स्थानिय कलाकारको प्रस्तुति रहने छ ।
हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा उक्त महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सव छिमेकी पालीका बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरको सहयोगार्थ महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत रहने बताएको छ ।
महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने प्रचारप्रसार समिति संयोजक चौधरीले जानकारी दिए । उनकाअनुसार महोत्सवमा बाल उद्दान, रमाइलो मेला पार्क, थारु गाउँ (स्पेसल थारु) परिकार समेत राखिने छ ।
महोत्सवबाट उठेको आम्दानीले हाइवे मिडिया प्रालिद्वारा संचालित लम्की एफ.एम.को विकासका साथै लम्कीमा ढल निकासको क्षेत्रमा सहयोग गरिने छ ।
यसैगरी महोत्सवबाट बर्दगोरिया २ मा संचालित सहारा घरको सहयोगका लागि प्रति टीकट बाट ५ रुपैयाँ छुट्याइने छ । महोत्सबमा करिब २५ लाख रुपैयाँ खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान आयोजकको छ ।