
कैलाली – कैलालीको लम्कीमा हुन गइरहेको लम्की सांगीतिक महोत्सब १ दिनका लागी स्थगित भएको छ ।“असहायका लागी सहयोगी हातहरु नेपालको सहारा घरलाई सहयोगार्थ“स्वास्थ्य, शिक्षा, सुचना हाम्रो अभियान कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान”भन्ने मुल नाराका साथ लम्की एफ .एम.९२.१ मेघाहर्जको आयोजनामा भाद्र ३० गते देखि असोज ९ गते सम्म हुन लागेको लम्की सांगीतिक महोत्सब २०७९ को समुद्वाटन कार्यक्रम आज ३० गते गर्ने भनिएकोमा अकस्मात आएको बर्षाका कारण भोलि ३१ गते बिहान ८ बजे सम्मका लागी स्थगित भएको हो । महोत्सबको सम्पुर्ण तयारी पुरा भएको र आज उद्वघाटन हुन नसकेको साथै भोली ३१ गते महोत्सबको उद्वघाटन गरिने महोत्सब मुल आयोजक समितिले जनाएको छ।