मङ्लबार, अशोज ९, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

२१ सिटका लागि कांग्रेसबाट ५१८ सिफारिस

बौनियाँ,कैलाली – सुदूर पश्चिम प्रदेश सभाका समानुपातिक तर्फका २१ सिटका लागि नेपाली कांग्रेसमा ५ सय भन्दा बढी आकांक्षी देखिएका छन् ।समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचित हुने २१ सिटका लागि कांग्रेसबाट मात्रै सुदूरपश्चिम प्रदेशमा ५१८ जना आकांक्षी देखिएका हुन्।

 

कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले ३२ प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिक तर्फ उम्मेदवार बन्न इच्छुक ५१८ जनाको नाम केन्द्रमा सिफारिस गरेको हाे।

 

प्रदेश कार्यसमितिले दिएकाे जानकारी अनुसार जिल्ला कार्यसमितिहरुले गरेको सिफारिसका आधारमा ५१८ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको जानकारी दिए ।

 

वैज्ञानिक मिडियालाई प्राप्त तथ्यांकअनुसार समानुपातिक तर्फ प्रदेश सभा सदस्यका लागि सबैभन्दा बढी कैलाली–५ ‘ख’ बाट सिफारिस भएका छन् । साे स्थानबाट समानुपातिक तर्फ ३६ जनाको नाम सिफारिस भएको छ।

 

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम सर्वसम्मत सिफारिस भएको छ।

 

प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ कैलाली–१ ‘क’ बाट १२ र ‘ख’ बाट १३, कैलाली–२ ‘क’ बाट २५ र ‘ख’ बाट २१, कैलाली–३ ‘क’ बाट २० र ‘ख’ बाट ५, कैलाली–४ ‘क’ बाट २० र ‘ख’ बाट ११, कैलाली–५ ‘क’ बाट १३ र ‘ख’ बाट ३६ जना सिफारिसमा परेका छन्।

 

यस्तै बझाङ–१ ‘क’ बाट २३ र ‘ख’ बाट १५, दार्चुला–१ ‘क’ बाट १३ र ‘ख’ बाट १५, डडेल्धुरा–१ ‘क’ बाट १३ र ‘ख’ बाट २०, डोटी–१ ‘क’ बाट १६ र ‘ख’ बाट ११, बैतडी–१ ‘क’ बाट १८ र ‘ख’ बाट २४ तथा बाजुरा–१ ‘क’ बाट ७ र ‘ख’ बाट २१ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

 

हामीलाई प्राप्त तथ्यांकअनुसार कञ्चनपुर–१ ‘क’ बाट ९ र ‘ख’ बाट ८, २ ‘क’ बाट १३ र ‘ख’ बाट २१, ३ ‘क’ बाट २४ र ‘ख’ बाट १३ त्यस्तै अछाम–१ ‘क’ बाट २० र ‘ख’ बाट १३, २ ‘क’ बाट १८ र ‘ख’ बाट २४ जनाको नाम सिफारिसमा परेको छ।

 

सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ। जसमा ३२ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र २१ जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन्छन्।

 

समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका २१ जना सांसदहरु मध्ये सबै भन्दा बढी खस आर्य समुदायबाट १२ जना सांसद निर्वाचित हुन्छन् । सुदूरपश्चिममा थारु र दलित समुदायबाट ४/४ जना सांसद निर्वाचित हुँदा आदिवासी जनजाति समुदायबाट १ जना छानिन्छन् । सुदूरपश्चिममा दलित र थारु ४/४ जना छानिदा मधेसी र मुस्लिमको समानुपातिक प्रतिनिधि भने हुँदैन।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!