कैलाली – शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कैलाली क्षेत्र नं २ मा २० विद्यालय छनोटमा परेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णय अनुसार बर्दगोरिया गाउँपालिकाका चार विद्यालयहरु छनोट परेका छन् । छनोटमा परेका विद्यालयहरुको नामावली सहित हेर्नु होस्।त्यस्तै मोहन्याल गाउँपालिकाका छ विद्यालयहरू छनोट परेका छन्। छनोटमा विद्यालयहरु नामावली सहित हेर्नु होस।त्यस्तै जानकी गाउँपालिकाका चार विद्यालयहरु छनोट परेका छन् । छनोटमा विद्यालयहरुको नामावली सहित हेर्नु होस्।लम्कीचुहा नगरपालिकाका छ विद्यालयहरु छनोट परेका छन् । छनोटमा विद्यालयहरुको नामावली सहित हेर्नु होस्।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।
कार्यक्रम सञ्चालन तथा कार्यान्वयन सम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत रु आठ अर्ब ८८ करोड छुट्याएको थियो ।