Baigyanik Media

Advertisment

SKIP THIS

अविरल वर्षाका कारण बर्दगोरियाका विभिन्न ठाउँहरु डुबानमा अध्यक्ष कुँवरद्वारा अवलोकन 

बौनियाँ,कैलाली –दुई दिन देखि परिरहेको अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउँपालिकाका डुबान परेका स्थानमा गाउपालिका अध्यक्ष कर्ण कुँवरले अनुगमन गर्नु भएको छ । पानीका कारण बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का राजिपुर,छराही जगतपुर, बिशालनगरका करिव ३ दर्जन बढी घरमा पानी पसेको छ ।पानी पसेको घरहरुमा गाउँपालिका अध्यक्ष कुँवरले अनुगमन गर्नु भएको हो । बिगत २ दिन देखि परेको अविरल बर्षाले गाउँपालिका भित्रका विभिन्न ठाउँहरु डुबानमा परेका हुन । अविरल बर्षाले मुख्यत पुर्व पश्चिम् राजमार्गको उत्तर र दक्षीण पट्टिको भाग डुबानमा परेका छन बसन्त मुरारी विद्यालय जाने बाटोमा रहेको खडक साउँदको इलेक्ट्रोनिक पसल र छेउछाउका अन्य पसलमा समेत पानी पसेको हो ।बर्षा पछि आएको वाढीका कारण वडा नम्बर १ कट्टीपुरमा सामुदायिक वनमा लगाईएका सिसमका रुखहरु सगै जमिन समेत काटेको छ । नदिमा तटबन्धन नहुदा कान्द्रा नदि, कुईरा नदिले बर्षीनी खेतीयोग्य जमिन कटान गर्दै आएको स्थानियको गुनासो छ ।यसै गरि वडा नम्बर ६ का तीन दर्जन बढी घरमा पानी पसेर अन्न ,लत्ता कपडा सबै भिझाएको छ । स्थानिय सेतु लुहारको घर र गोठमा पानी पस्दा गाईको सानो बच्चा समेत मरेको छ । साथै धान,चामल,लत्ता कपडा र फृज समेत बिगारेको सेतुले बताईन । विशालनगरका चक्र बि क, लक्ष्मी सुनार, गोपाल सुनार, रग्गु भुल,काली भुल ,झुप्री कामी , नरपता बिक ,तारा भुल , नकुल लोहार र गोपाल भुलको घरमा पानी पसेर खाद्यान्न सबै भिजाएको छ । पानी पसेका मध्य १५/२० घरमा धेरै समस्या भएको अध्यक्ष कुँवरले बताए ।पानी पसेर ती घरमा बस्न नसकिने अवस्था रहेको अध्यक्ष कुँवरले बताए । साथै बास्कोटी जाने कल्भर्ट समेत अवरुद्ध भएको छ । मोटरसाइकल जाने अवस्था छैन ,पैदल हिन्दा समेत डराएर हिड्नु पर्ने अवस्था रहेको अध्यक्ष कुँवरले बताए ।त्यस्तै वडा नं ४ मा चन्द्रा शाहीको घर भत्काएको छ ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation