बिहिबार, मंसिर २२, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

कैलालीमा बाढीले बगाएर एकको मृत्यु एक वेपत्ता

कैलाली – कैलाली जिल्लामा बाढीमा बगेर एक युवतीको मृत्यु भएको र एक व्यक्ति बेपत्ता भएका जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्ताको खाेजि कार्य जारि रहेको छ ।

 

धनगढी उपमहानगरपालिका–१३ की २० वर्षकी युवती मृत अवस्थामा भेटिएकी छन । उनी बाढीमा बगेर बेपत्ता भएकी थिईन । उनको शव सशस्त्र प्रहरीको टोलीले भेटेको हो ।

 

उता भजनी नगरपालिका– ८ गोडचौराका ५५ वर्षका कालुराम चौधरी बगेर बेपत्ता भएका छन । वडाध्यक्ष पंकज चौधरीका अनुसार कालुराम बाढीमा बगेर बेपत्ता भएका हुन ।

 

कैलालीका विभिन्न ठाउँमा झण्डै १ हजार ५०० घरधुरी बाढीले प्रभावित भएका छन् । यस्तै जिल्लाकाे बर्दगाेरिया गाउपालिकामा मात्र करिब २०० घरमा आंशिक क्षति भएको बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले जानकारी दिनु भएको छ । गाउँपालिका उपाध्यक्ष गणेशराज गिरीका अनुसार गाउँपालिका भित्र भएको वास्तविक क्षतिको बिबरण आइतबार बेलुकी सम्म आउने र साेहि अनुसार राहतको घाेषणा गरिने जानकारी उहाले हामीलाई दिनुभएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!