आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बाढी पिडितको सही पहिचान गर्न अध्यक्ष कुँवरले खटाए/जनप्रतिनिधि,विपद,सुरक्षा र पत्रकार

  • पिडितलाई राहत उपलब्ध गराउने अध्यक्ष कुँवर/ विपद व्यवस्थापन समिती बैठक
  • पदम राज ओझा बौनियाँ- दुई दिन देखि परिरहेको अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउँपालिकाका विभिन्न स्थान डुबानमा परे पछि जनतालाई समस्या नहोस र वास्तविक पिडितलाई राहत पुगोस भन्ने उद्देश्यले बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवरले विपद व्यवस्थापन समितिको बैठक बोलाएका छन ।

    बिहान देखि गाउँपालिका अध्यक्ष कर्ण कुँवरले बाढी बाट प्रभावित विभिन्न वडामा अनुगमन समेत गरेका छन । वर्षात बाट प्रभावित बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ का राजिपुर,छराही जगतपुर, बिशालनगरमा अनुगमन गर्दै समस्या समाधानका लागी विपद व्यवस्थापन समितिको बैठक बोलाएको बताए । बैठकमा उपाध्यक्ष गणेश राज गिरि सहित ६ वटै वडाले आ आफ्नो वडाका स्थानियको घरहरुमा पसेको पानीले प्रभावित पारेका घरहरुको विवरण लिएर आएका थिए ।

    अध्यक्ष कुँवरले विवरण भन्दा पनि वास्तविक पिडितले राहत पाउन भन्ने उद्देश्यले विपद व्यवस्थापन समिती सदस्य सचीव भुमी शर्मा रिमाल, सम्बन्धित वडाको वडा अध्यक्ष , ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश बिक्रम शाही ,सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक गजेन्द्र चन्द र कोसेली एफएमका समचार प्रमुख पदम राज ओझ र वैज्ञानिक मिडियाका प्रबन्धक निर्देशक टीकाराम साउँद सहित स्थलगत निरीक्षण गरि वास्तविक पीडित पहिचान गर्न निर्देशन दिए । जस अनुसार अनुगमन टोलिले आज १,२,३ र ४ वडामा अनुगमन गर्दा खासै समस्या तथा क्षती नभएको औल्याएको छ । वडा नम्बर ४ को एक घर बाहेक अन्यको घरमा क्षती नभएको र वडा नम्बर २ को सन्तोषि टोलमा नाला नहुदा बजारको समेत पानी जादा समस्या देखिएको छ ।

    यसै गरि वडा नम्बर ३ मा समेत पानीको निकास नहुदा समस्या देखिएको छ । पानी निकास भए समस्या नहुने वडा अध्यक्ष मनऋषी आचार्यले बताए । यसै गरि वडा नम्बर ४ मा राजेन्द्र शाहीको घरमा पहिरोले क्षती गरेको स्थगत निरीक्षणमा गएका वडा अध्यक्ष जगत बहादुर शाही सहितको टोलिले औल्याएको छ। यसै गरि वडा नम्बर ५ र ६ मा वडा अध्यक्षहरुले बताए अनुसार भोलि अनुगमन गरिने सदस्य सचीव भुमी शर्मा रिमालले बताए । वडा नम्बर ५ मा करिब ४०/५० घरमा आंशिक क्षती गरेको वडा अध्यक्ष भोलेराम चौधरीले बताए पनि वास्तवममा कति घरमा क्षती भएको छ भोलि अनुगमन टोलिले विवरण बाहिर ल्याउने छ ।

    यसै गरि वडा नम्बर ६ मा पनि करिब ४०/५० घरमा आंशिक क्षती गरेको वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले बताए । वडा नम्बर ६ को एक घरमा पशु चौपाया मरेको र तीन वटा माछा पोखरी बाट माछाहरु बगेको वडा अध्यक्ष चौधरीले बताए । वर्षा पछि आएको वाढीका कारण वडा नम्बर १ कट्टीपुरमा काँडा नदी किनारमा सामुदायिक वनले लगाईएका सिसमका रुखहरु सगै जमिन समेत काटेको छ । पानी पसेका घरहरुका बारेमा निरीक्षण टोलिले दिएको जानकारी र विवरण अनुसार पिडितालाई राहत उपलब्ध गराउने अध्यक्ष कुँवरले बताए । साथै बाटो अबरुद्ध भएको घैला नाला र बास्कोटी जोड्ने कल्भर्टम पटानी गर्न निर्देशन समेत दिएका छन ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation