Baigyanik Media

Advertisment

SKIP THIS

पीडितको घरमै पुगेर गाउँपालिका द्धारा राहत हस्तान्तरण

  • बर्दगाेरिया सरकार द्धारा पीडितको घरमै पुगेर राहत हस्तान्तरण
  • कैलाली – केही दिन अगाडि परेको अबिरल बर्षाका कारण घर भत्किएर पिडित भएकि बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ कि चन्द्रा शाहीकाे परिवारलाई पालिकाले आज आइतबार राहत हस्तान्तरण गरेको छ ।अबिरल बर्षाका कारण चन्द्रा शाहीकाे घर भत्किएको थियो । घर भत्किदा समेत शाहीकाे परिवार साेहि घरमै अहिले बसिरहेका छन् । केही दिन अगाडि परेको बर्षाका कारण बर्दगाेरिया गाउँपालिकाका करिब १९२ घरमा आंशिक क्षति पुर्‍याउदा १ घरमा पुर्ण क्षति हुदाँ एउटा गाईकाे बाच्छाे मर्दा ३ माछा पाेखरिमा क्षति पुर्‍याउदा ५ कट्ठा धान बालिमा समेत क्षति पुर्‍याएकाे गाउँपालिकाकाे प्रारम्भिक आकलन रहेको छ । राहत हस्तान्तरण कार्यक्रममा बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही इलाका प्रहरी कार्यलय बाैनियाँका प्रमुख महेश बिक्रम शाही पत्रकार लगायत गाउँपालिका विपद व्यवस्थापन शाखाका कर्मचारी हरुकाे उपस्थिति रहेको थियो । गाउँपालिकाले प्रारम्भिक चरणमा तत्कालका लागि भनेर १ कट्टा चामल , १ त्रिपाल , १ बिस्तरा, १ बल्याङ्केट लगाएत करिब १० हजार रकम बराबरको राहत हस्तान्तरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरका अनुसार गाउँपालिका सधैं पालिका भित्र रहेका आम जनसमुदायको पक्षमा रहेको कुरा उल्लेख गर्दै पालिका भित्र घट्ने हरेक प्रकारको घटनामा पालिका सरकार सधै जनताको साथमा रहेको कुरा हामी संग संक्षिप्त प्रतिक्रिया दिने क्रममा जानकारी दिनुभएको थियो । साेहि राहत वितरण कार्यक्रममा उपस्थित बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीका अनुसार वडा सरकार संगै आफु व्यक्तिगत तवरमा समेत सधैं वडा नम्बर ४ बासिकाे दुख सुखमा सधैं साथमा रहेको बताउदै जुनसुकै समयमा समस्या आउदा आफुलाइ सम्झन आग्रह गर्नुभएको थियोे ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation