कैलाली – सातौँ औं संविधान दिवस बर्दगाेरिया गाउँपालिकाले विविध कार्यक्रमकाे आयाेजना गरेर मनाउने भएको छ ।
संविधान दिवसको पुर्व संध्यामा गाउँपालिकाले एक सुचना निकालेर साे कुराकाे जानकारी दिएको हाे । गाउँपालिका द्धारा प्रकाशित सुचनाका अनुसार संविधान दिवसका दिन बिहान बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ मा कट्टिपुरमा काढाँ नदि किनारमा वृक्षारोपण गरिने र बेलुकी मुडा र बाैनियाँ बजारको चाेकमा दिप प्रजाेलन गरिने उक्त सुचनामा जनाइएको छ ।
बिहान हुने वृक्षाराेपण कार्यक्रम लाई वडा नम्बर १ मा रहेको बर्दगाेरिया एकता युवा क्लबकाे समेत सहयोग रहने बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गाैतमले जानकारी दिनु भएको छ ।यस्तै संविधान दिवसको अवसर पारेर भाेलि बाैनियाँ जेसीज बर्ष २०२२ परिवारकाे आयाेजनामा बेलुकि जेसीज सचिवालयमा दिप प्रजाेलनकाे कार्यक्रम तय भएको बाैनियाँ जेसीज बर्ष २०२२ का अध्यक्ष कृष्णप्रसाद ओझा (पदम)ले जानकारी दिएका छन् ।
एता संविधान दिवसको अवसर पारेर भाेलिनै नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँकमिटिकाे आयाेजनामा नेकपा एमाले बर्दगाेरियाकाे पार्टी कार्यलयमा दिप प्रजाेलन गरिने राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया अध्यक्ष राजेन्द्र रावलले जानकारी दिनुभएको छ ।