
कैलाली – नेपालकाे संविधान २०७२ जारी भएको दिनको सम्झनामा साेमबार बर्दगाेरिया गाउँपालिकाकाे आयाेजनामा संविधान दिवस मनाइएको छ ।साेमबार साझ एक कार्यक्रमकाे आयाेजना गरेर बर्दगाेरिया गाउँपालिकाले गाउँपालिकाकाे मुख्य व्यापारीक केन्द्र बाैनियाँ बजारको चाैराहामा दिप प्रज्वलन गरेको संविधान दिवस मनाएको हाे । साे अवसरमा बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गाैतम वडा नम्बर २ का अध्यक्ष गाेबिन्द बि.क वडा नम्बर ५ का अध्यक्ष भाेलेराम चाैधरी नेकपा एमाले जिल्ला कमिटी सचिव डेजि पाण्डे लगायतको सहभागिता रहेको थियो ।