
कैलाली – नेपाल बुद्धिजीवी परिषद बर्दगाेरिया गाउँपालिका स्तरिय प्रथम भेला बुधबार बाैनियाँमा सम्पन्न भएको छ । नेकपा एमाले बर्दगाेरिया गाउँकमिटि अध्यक्ष मधुकर सिजापति मगरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव डेजि पाण्डे रहनुभएकाे थियो ।साे अवसरमा प्रमुख अतिथिको आसनबाट बाेल्दै पाण्डेले नेकपा एमाले पार्टी मात्र जनताको अधिकार स्थापनाका लागि निरन्तर लागि पर्ने पार्टी भएको कुरा उल्लेख गर्दै सम्पूर्ण जनसमुदायले अब नेकपा एमाले पार्टिमा गाेलबद्ध हुन आग्रह गर्नुभएको थियो । साेहि अवसरमा अगाडि बाेल्दै पाण्डेले आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे संघीय तथा प्रदेशशभा सदस्यकाे निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हरुलाइ विजयी बनाउन सम्पूर्ण नेता कार्यकर्तालाई सक्रिय भएर लाग्न आग्रह समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद कैलालीका सचिव एकेन्द्र भण्डारीले नेपाल बुद्धिजीवी परिषदले गर्ने कार्य लगायतका बारेमा कार्यक्रममा उपस्थित हरुलाई जानकारी गराउनु भएको थियो ।
साे कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्ला उपाध्यक्ष प्रभु रिमाल लगाएकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।
नेकपा एमाले बर्दगाेरिया गाउकमिटि उप सचिव मिलन ओलीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम काे सञ्चालन पत्रकार लिलाजंग शाहीले गर्नुभएको थियो ।
साथै उक्त भेलाले २ सदस्य पछि थप्ने गरेर बर्दगाेरिया गाउपालिका स्तरिय कमिटी समेत गठनको गरेको छ । जसको अध्यक्षमा नवराज टमट्टा उपाध्यक्षमा हेमराज स्वार सचिवमा बालचन्द्र कठरिया सह सचिवमा खेम बेहरा काेषाध्यक्षमा लक्ष्मी बिनाडि र सदस्यहरुमा डम्बर बुढा,चन्द्रमणि सापकाेटा मदन ढुङ्गाना शुरेश टमट्टा लगाएत रहेका छन ।