Baigyanik Media

Advertisment

SKIP THIS

माेहन्यालमा कार्तिक ३ बाट खुल्ला भलिबल प्रतियोगिता हुने 

कैलाली-माेहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसाैनामा रहेको माेहन्याल युवा क्लबको आयाेजनामा पहिलो माेहन्याल खुल्ला भलिबल प्रतियोगिता २०७९ आयाेजना हुने भएको छ ।

साेमबार आयाेजित क्लबको बैठकले उक्त निर्णय गरेको क्लबले जानकारी दिएको छ । कार्तिक ३ गते बाट ७ गते सम्म सञ्चालन हुने प्रतियोगिता काे पुरस्कार लगायत अन्य जानकारी छिट्टै पत्रकार सम्मेलनकाे आयाेजना गरेर बताउने क्लब स्रोतले बताएको छ ।

“सडक,कृषि,धार्मिक तथा पर्यटन क्षेत्रको पहिचानमो हन्यालको समृद्धि र बिकास हाम्रो अभियान” भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिताकाे मुल समितिमा २१ सदस्यीय रहने गरि गाेर्ख बहादुर बाेहरा( सागर) लाई जिम्मेवारी दिएको छ । यस्तै भरत कुमार शाही संयाेजक रहने गरि पाँच सदस्यीय प्रचार प्रसार समिति त्यस्तै एलिना देबि बि.क संयाेजक रहने गरि ९ सदस्यीय प्रतियोगिता व्यस्थापन समिति र कमल के.सी संयाेजक रहने गरि पाँच सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरिएको क्लबले जानकारी दिएको छ ।

साेहि बैठकले क्लबको खेलकुद संयाेजककाे जिम्मेवारी दिपेश टमट्टालाई दिने निर्णय गरेको महाेन्याल युवा क्लबले जानकारी दिएकाे छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation