आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

दसैँ मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न 

कैलाली –बाैनियाँमा शनिबार दशै मिलन तथा शुभकामना आदन -प्रदान कार्यक्रम सम्पन्न भएको छ । बाैनियाँ बजार व्यवस्थापन समितिले बिजया दशमी २०७९ काे पुर्व सन्ध्यामा उत्त कार्यक्रमकाे आयाेजना गरेको हाे । बाैनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बमकाे अध्यक्षतामा भएको कार्यक्रममाका प्रमुख अतिथि बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले हिन्दु नेपालीहरुकाे माहान चाड दशै तथा दिपावलीकाे सम्पुर्ण गाउँपालिका बासिमा शुभकामना व्यक्त गर्दै याे पर्वले सम्पूर्ण समुदाय बिच कायम रहेको भाइचाराकाे सम्बन्धलाई थप प्रगाण बनाउनेमा आफ्नो बिश्वास रहेको कुरा व्यक्त गर्नुभएको थियो ।साेहि अवसरमा कुँवरले आफू सधैं बर्दगाेरिया गाउँपालिकाकाे बिकाशकाे पक्षमा रहेको कुरा व्यक्त गर्दै त्यसमा हातेमालो गर्न सम्पुर्णलाइ आग्रह समेत गर्नुभएको थियो । कुँवर द्धारा चाडपर्व मनाउँदै गर्दा भड्किलो तवरले नभएर आफ्नो गच्छे र क्षमता अनुसार मनाउन समेत आग्रह गर्नुभएको थियो । साेहि कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै बर्दगाेरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदिप)ले गाउँपालिका सधैं यश क्षेत्रकाे बिकासकाे पक्षमा रहेको कुरा बताउदै ठाेस याेजना ल्यायर गाउँपालिका संग सहकार्य गर्न आएमा पालिका हातेमालो गर्न तयार रहेकाे कुरा बताउनुभयो । साेहि अवसरमा अगाडि बाेल्दै गिरीले बजार समितिलाई बजार क्षेत्रकाे बिकाश लगाएतका गतिविधिमा सक्रिय भएर लाग्न आग्रह गर्दै आउदै गरेका सम्पुर्ण चाडपर्व हरुकाे शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।साेहि कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि दाेदाेधरा उपशाखाका सभापति लक्ष्मीप्रसाद जाेशी, बसन्त मुरारी नमुना माध्यमिक विद्यालय बाैनियाँका प्राचार्य भुमि प्रकाश बम, दाेदाेधरा अस्पतालका इञ्चार्ज कैलाश रावत,नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि दान बहादुर बम,राष्ट्रिय जनमाेर्चा पार्टी बर्दगाेरिया गाउँपालिका अध्यक्ष रुपा आलेमगर,राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दगाेरिया गाउँपालिका अध्यक्ष मित्र बहादुर घर्तीमगर, नेकपा माओवादी (केन्द्र)का बर्दगाेरिया गाउँपालिका इञ्चार्ज रुपक सुनार, नेपाली कांग्रेस बर्दगाेरिया गाउँकमिटि सभापति कृष्ण बिष्ट ,नेकपा एमाले बर्दगाेरिया गाउँकमिटि सचिव देबेन्द्र शाही ,बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गाैतम, वडा नम्बर २ का वडा अध्यक्ष गाेबिन्द बि.क, वडा नम्बर ३ का वडा अध्यक्ष मनरिषि आचार्य लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। बजार व्यवस्थापन समितिका बरिष्ट उपाध्यक्ष देव स्वारकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन बजारका महासचिव धिरज शाहीले गर्नुभएको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation