Baigyanik Media

Advertisment

SKIP THIS

ढिक्री जगाइना कार्यक्रम बुटकौवा र रानीकुण्डामा सम्पन्न

कैलाली – थारु समुदायमा चाडपर्व विशेष परम्परागत रुपमा बनाइने ढिक्री महत्वपूर्ण र स्वस्थ खानाको रुपमा लिइन्छ । दशै, तिहार र माघी पर्वमा थारु गाउँघरमा सबैको घरमा ढिक्रीको परिकार अनिवार्य रुपमा बनाउने गरिन्छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकौवामा रहेको चौधरी समाज द्वारा ढिक्री जगाइना कार्यक्रम सम्पन्न भएको छ। चौधरी समाजका भल्भन्सा सञ्जु चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो सोही कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले समय विशेष भोजभतेर अथवा कोहि पाहुनालाई स्वागत सत्कार तथा कोसेलीको रुपमा दिनको लागि थारु समुदायमा ढिक्री बनाइन्छ र यसको महत्व त्यही अनुसार लिने गरेको पाइन्छ । परम्परागत रुपमा बनाइने स्वस्थबद्र्धक खानाको रुपमा लिने गरिन्छ। चामलको पिठोबाट बनाइने ढिक्रीलाई धेरैले मन पराउने गरेका हुन्छन् । थारु समुदायको पहिचानको लागि आफू कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएको समयमा पनि थारु समुदायको पहिचानको लागि संस्कार बचाउनको लागि सुदूरपश्चिम महोत्सव आयोजना गरिएको समयमा बिभिन्न किसिमका स्टलहरु राखेको कुरा पनि उल्लेख गर्नु भयो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले सदैव थारु समुदायको पहिचानको लागि गाउँपालिका बाट गर्ने सक्ने सहयाेग गर्ने उहाँको भनाई रहेको थियो ।कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्यले विशिष्ट अतिथिको आसन बाट बोल्दै आफनो परम्परागत संस्कृति सबै जात जातिहरुले जोगाउन लाग्नु पर्ने वडा अध्यक्ष आचार्यले बताए ढिक्री थारु सँगै गैर थारुहरुले समेत मन पराउने र ढिक्री परम्परा र सँस्कार पहिचान सँग जोडिएर रहेको छ । ढिक्रीलाई आधुनिकता र व्यवसायिकता सँगै जोड्ने सके धेरै युवा रोजगारी पाउने र जिविकोपार्जन हुने वडा अध्यक्ष आचार्यको भनाई रहेको थियो । थारु समुदायको ढिक्रीलाई आर्जनको रुपमा लैजाने माध्यम खोज्ने वडा अध्यक्ष आचार्यको भनाई छ। कार्यक्रममा बर्दगोरिया गाउँकार्यपालीका सदस्य भिम बहादुर विक वडा नं ३ का वडा सदस्य राम बहादुर चौधरी,वडा सदस्य भावना विक,वडा सदस्य कपिल गुरुङ्ग ,दानुवा फाटा नमूना सामुदायीक वन उपभोक्ता समूह अध्यक्ष टेक राज जोशी,रानीजरुवा सामुदायीक वन उपभोक्ता समूह लाल सिंह विक,के.के युवा क्लव महासचिव वसन्त ओली,पशुपति युवा क्लव सचिव राजेश विश्वकर्मा,न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्था अध्यक्ष लोकेन्द्र न्यौपाने,युवा समाजसेवी रवि कुँवर,समाजसेवी तथा व्यापारी चक्रराज जोसी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मिना चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन भागीरथी चौधरीले गरेकी थिइन्।यस्तै बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डामा पनि ढिक्री जगाइना कार्यक्रम सम्पन्न भएको छ। रानीकुण्डा किसान समाज द्वारा आयोजित बडा दशैं साँस्कृतिक कार्यक्रम रानीकुण्डा किसान समाजकी सीता कुमारी थरुनीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य विशिष्ट अतिथि रहनु भएको थियो कार्यक्रममा बर्दगोरिया गाउँकार्यपालिका सदस्य भिम बहादुर विक, वडा सदस्य राम बहादुर चौधरी,वडा सदस्य भावना विक,वडा सदस्य कपिल गुरुङ्ग ,रानीजरुवा सामुदायीक वन उपभोक्ता समूह लाल सिंह विक,युवा समाजसेवी रवि कुँवर, र रानीकुण्डा भल्भन्सा सुक प्रसाद चौधरी, लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सुस्मिता चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अमन चौधरी र अस्मिता चौधरीले गरेकी थिइन्।पहिलो समयमा नास्ताको रुपमा राम्रो रहेकोले अहिले ढिक्री खानेहरु दिनप्रतिदिन बढ्दै गएका छन् । पहिले थारु गाँउघरमा मात्र पाक्ने ढिक्री आजकाल होटल, रेष्टरेन्ट तथा बारहरुमा समेट पाक्न थाले पछि यसको उपभोग गर्नेहरुको संख्या बढ्न थालेको छ । पहिले ढिक्री खानको लागि चाडपर्व तथा माग गर्नु पर्ने भए पनि अहिले सहजै जतिबेला पनि खान मिल्ने गरेको छ ।बजारमा पाइने अन्य नास्ता भन्दा ढिक्रीमा मिसावत नहुने र कुनै पनि मसालाको प्रयोग नगरेर बनाइने भएकोले उपभोगकर्ताहरु सर्वसुलभ दाममा स्वाद लिन सक्दछन् । ढिक्री थारु सँगै गैर थारुहरुले समेट मन पराउने र ढिक्री परम्परा र सँस्कार पहिचान सँग जोडिएर आउने गरेको थारु समुदायका जानकारहरु बताउँछन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation