कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई म्याद थप नहुन्जेल सम्म हाजिर नलगाउन सूचना जारी गरेको छ ।
पालिकाले जारी गरेको सूचनामा मिति २०७९ असोज ३० गतेको निर्णय अनुसार आगामी कार्तिक १ गते देखि करारका कर्मचारीलाई म्याद थप भै सम्झौता नहुन्जेल सम्म सेवा करारमा कार्यरत कर्मचारीलाई हाजिर नलगाउन हुन प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की द्वारा हस्ताक्षरित सूचना प्रकाशित गरेको हो ।
बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले वैज्ञानिक मिडिया संग कुरा गर्दै भनु भयो समझौता नगरी करार कर्मचारीले हाजिर गर्ने भएकाले गाउँपालिका बाट तलब दिन पालिकालाई जटिल हुने र दिन नमिल्ने भएकाले सूचना निकालिएको भनाई रहेको छ । कार्की भनु हुन्छ यो सूचनालाई बङ्ग्याउन खोजिएको छ तर गाउँपालिका कसैको जागिरलाई धक्का नदिने कानुन भएको व्यबस्थालाई मात्र लागू गर्न लागेको हौं।