बिहिबार, फाल्गुन १७, २०८०

बर्दगोरिया गाउँपालिका कर्मचारीलाई पत्रकार द्धारा दुई गोल

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको छ ।सडकपुर बौनिया युवा क्लबको आयोजनामा भईरहेको उक्त बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको हो ।उद्घाटन खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारी र बर्दगोरिया गाउँपालिकाका पत्रकार बीच मैत्रीपुर्ण खेल भएको थियो।उक्त मैत्रीपुर्ण खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारीलाई २-१ गोलको अन्तरले हराउँदै विजयी भएको हो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation