Baigyanik Media

Advertisment

SKIP THIS

आज भएको खेलमा घाेडाघाेडी क्लब सुखड र शान्ति युवा क्लब बाघमारा विजयी

कैलाली – पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगितामा घाेडाघाेडी क्लब सुखड र शान्ति युवा क्लब बाघमाराले विजयी सुरुवात गरेका छन् ।

दिनको पहिलो खेलमा घाेडाघाेडी क्लब सुखडले हिमालयन युवा क्लब मुडालाई तीन एक गाेल अन्तरले हराउदा दिनको दाेस्राे खेलमा सनसाइन सुखडलाई शान्ति युवा क्लब बाघमारले टाइब्रेकरमा चार तिनको गाेलअन्तरले हराएको छ । निर्धारित समयको खेल दुई दुई टुङ्गिएपछि खेल टाइब्रेकर सम्म पुगेको थियो ।
दिनको पहिलो खेलमा घाेडाघाेडी क्लब सुखडका चेतन कठायत म्यान अफ द म्याच बन्न सफल भएका थिए । प्रतियोगिताकाे तेस्रो दिन मंगलबार समेत दुई खेल हुने आयाेजक सडकपुर बाैनिया युवा क्लबले जानकारी दिएको छ । भाेलि मंगलबारकाे पहिलो खेलमा बिवाईसि बछुरियाका बिरुद्ध न्यु ज्याेति युवा क्लब काैवापुर बिच प्रतिस्पर्धा हुदा दिनकाे अन्तिम खेल तथा दाेस्राे चरणको पहिलो खेलमा केवाइसि कट्टिपुर र व्वाइज युनियन लम्किका बिच खेल हुने प्रतियोगिता संयाेजक रवि कुवरले जानकारी दिनु भएको छ । प्रतियाेगितामा बिजेताले दुई लाख पच्चीस हजार पुरस्कार स्वरुप पाउँदा उप बिजेताले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन । यस्तै प्रतियोगिता व्यत्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले समेत नगद पुरस्कार स्वरुप प्राप्त गर्ने आयाेजकले जानकारी दिएको छ । प्रतियोगिताकाे समापन कार्तिक ६ गते हुने आयाेजक क्लबले जानकारी दिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation