आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

फुटबल प्रतियोगिता जारि बिवाईसि र व्वाइज युनियन विजयी 

कैलाली –पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा बिवाईसि बछुरिया र व्वाइज युनियन क्लब लम्कि विजयी भएका छन् ।

 

दिनको पहिलो खेलमा बिवाईसि बछुरियाले काैवापुरलाई वाब बाेभरमा हराउदा पहिलो क्वाटरफाइनल खेलमा व्वाइज युनियन लम्किले केवाइसि कट्टिपुरलाई तीन शुन्यकाे गाेल अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । व्वाइज युनियन लम्किलाइ जित दिलाउने क्रममा बिक्रम सिह ठकुरीले ह्याट्रिक प्रहार गर्न सफल भएका थिए । जुन प्रतियोगिताकाे पहिलो ह्याट्रिक समेत हाे । जुन खेलमा बिक्रम म्यान अफ द म्याच समेत बन्न सफल भएका छन् ।

 

प्रतियोगिताकाे चौथो दिन बुधबार समेत दुई खेल हुने आयाेजक सडकपुर बाैनिया युवा क्लबले जानकारी दिएको छ । बुधबार हुने पहिलो खेलमा घाेडाघाेडी क्लब सुखड र राइजिङ्ग साहारा काेहलपुर बिच प्रतिस्पर्धा हुदा दिनको दाेस्राे खेलमा आयाेजक सडकपुर बाैनिया युवा क्लब (बि) का बिरुद्ध शान्ति युवा क्लब बाघमारा बिच प्रतिस्पर्धा हुने आयाेजकले जानकारी दिएको छ ।

 

प्रतियाेगितामा बिजेताले दुई लाख पच्चीस हजार पुरस्कार स्वरुप पाउँदा उप बिजेताले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन । यस्तै प्रतियोगिता व्यत्तिगत बिधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले समेत नगद पुरस्कार स्वरुप प्राप्त गर्ने आयाेजकले जानकारी दिएको छ । प्रतियोगिताकाे समापन कार्तिक ६ गते हुने प्रतियोगिता संयाेजक रबि कुवरले जानकारी दिनु भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation