
कैलाली-पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगितामा बिहीबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।
अन्तिम क्वाटरफाइनल खेलमा बिवाईसि बछुरिया र देबिदल गण तेघरि बिच प्रतिस्पर्धा हुने आयाेजकले जानकारी दिएको छ । यस अघिनै प्रतियोगितामा आ आफ्ना खेलहरु जित्दै आयाेजक सडकपुर बाैनिया युवा क्लब (बि), वाेइज युनियन लम्कि र राइजिङ्ग साहारा काेहलपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
प्रतियोगिताकाे पहिलो सेमिफाइनल खेलमा भाेलि आयाेजक सडकपुर बाैनिया युवा क्लब (बि) का बिरुद्ध आज हुने अन्तिम क्वाटरफाइनल खेलका बिजेता बिच हुने र अन्तिम सेमिफाइनल खेल ५ गते वाेइज युनियन लम्कि र राइजिङ्ग साहारा पाेखरा बिच हुने आयाेजक क्लबका अध्यक्ष जीवन बि.सिले जानकारी दिनु भएको छ ।
प्रतियाेगितामा बिजेताले दुई लाख पच्चीस हजार पुरस्कार स्वरुप पाउँदा उप बिजेताले पुरस्कार स्वरुप एक लाख पन्ध्र हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन । यस्तै प्रतियोगिता व्यत्तिगत बिधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले समेत नगद पुरस्कार स्वरुप प्राप्त गर्ने आयाेजकले जानकारी दिएको छ । प्रतियोगिताकाे समापन कार्तिक ६ गते हुने प्रतियोगिता संयाेजक रबि कुवरले जानकारी दिनु भएको छ ।