बिहिबार, मंसिर २२, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

चर्काे ब्याजका बिरुद्ध संयुक्त व्यवसायी संघर्ष समिति लम्कीचुहाले आन्दोलन गर्ने

कैलाली –पछिल्लो समय नेपाल राष्ट्र बैंकले जारि गरेको चालू पुजि मार्गनिर्देशन २०७९ काे आडमा बैंकहरुले चर्को रुपमा बडाएकाे ब्याजका बिरुद्ध लम्किचुहा नगरपालिकामा रहेका उधाेगि व्यवसायी आन्दोलन गर्ने भएका छन् । बिहीबार बिहान लम्किमा पत्रकार सम्मेलनको आयाेजना गर्दै उद्योग व्यवसायिहरुले उक्त कुराकाे जानकारी दिएका हुन ।
साे आन्दोलनलाई सफल पार्न लम्किचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदम राज चाैलागाइकाे संयाेजकत्वमा विभिन्न संघ संस्थाकाे प्रतिनिधित्व रहने गरि ९ सदस्यीय संयुक्त व्यवसायी संघर्ष समिति गठन गरिएको छ । जुन समितिले कर्जाको व्याजदरमा एकल अंक कायम गरि स्थायित्व हुनुपर्ने ,चालु पुजी कर्जा निर्देशिका २०७९ लाई संसाेधन गर्नुपर्ने , कर्जा लिदा भएको ब्याजदर सम्झौता १ बर्षसम्म हुबहु कायम हुनुपर्ने , बैंकहरुले व्यवसायी संग कर्जामा लिइने प्रिमियम न्युनतम कायम गर्नुपर्ने , याे असहज परिस्थितिमा बैंकहरुले कारबाही प्रक्रिया अगाडि बढाएका व्यवसायी हरुलाइ सहजिकरण गर्नुपर्ने लगाएतका पाचबुदे मागहरु अघि सारेको छ ।जुन संघर्ष समिति नेपाल उद्योग व्यापार माहासंघका भानुभक्त चाैलागाइ सचिव हुदा नेपाल वितरक महासंघका मदन राज न्याैपाने, प्वासन कैलालीका केशव बहादुर थापा,लम्कि बितरक संघका पुष्प राज ढकाल, व्यवसायी पदम राज जैशी, नेपाल उद्योग व्यापार माहासंघ लम्किचुहा नगरसंघ बाट कमल प्रसाद भाट,निर्माण व्यवसायी तेज चलाउने र पत्रकार लाेक बहादुर देउवालाई सदस्यकाे जिम्मेवारी प्रदान गरिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!